सेलिब्रिटी बने एसपी राना, बाँके प्रहरी प्रदेशमै अब्बल

नेपालगन्ज : लुम्बिनी प्रदेश प्रहरीले केही दिनअघि अपराध सम्बन्धी एउटा प्रतिवेदन सहितको रिपोर्ट सार्वजनिक गरेको छ । जुन रिपोर्ट र प्रतिवेदनका आधारमा प्रदेशका १२ जिल्लालाई निहाल्दा अपराध र अपारधी नियन्त्रणमा बाँके प्रहरीको भूमिका धेरै सक्रिय देखिएको छ ।

एसपी ओमबहादुर राना सरुवा’ भएर बाँके आएपछि बाँके प्रहरी थप स’क्रिय भुमिकामा देखिएको छ । एसपी राना नेपालगञ्जमा आएपछि छोटो समयमै उनले धेरै फरार अपराधीलाई पक्राउ गरि नियन्त्रणमा लिन सफल भएका छन् ।

फैसला कार्यान्वयनमा बाँके प्रहरी प्रदेश अन्तगर्तका जिल्ला सर्वोकृष्ट देखिएको छ । एसपी रानाको नेतृत्वमा लुम्बिनी प्रदेशका जिल्लामा ५ सय २० जना फरार कसुरदार पक्राउ परेका छन् । जसमा तीन सय १५ जना बाँके प्रहरीले पक्राउ गरेका छ ।

बाँके प्रहरीले चालू आर्थिक बर्षको चार महिनामा ३ सय १५ जना फ’रार कसुरदार पक्राउ गरि अदालतको आदेशमा कारागार पठाएको एसपी रानाले बताए । फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय बर्दिया दोस्रो भएको छ ।

बर्दिया प्रहरीले ३९ जना फरार कसुरदारलाई पक्राउ गरि कारागार पठाएको छ । दाङ प्रहरीले २४ कपिलबस्तु प्रहरीले ३२, नवलपरासी प्रहरीले २७ जना फरार कसुरदारलाई पक्राउ गरि कैद भुक्तानका लागि का रागार पठाएको छ ।

रुकुम पूर्वले १८, पाल्पा प्र हरीले २२, अर्घाखाँचीले १३, गुल्मी र रोल्पा प्रह रीले १०–१०, प्यूठानले ७ र रुपन्देहीले ३ जना फरार कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएको प्रदेश प्रहरीको रेकर्डमा उल्लेख छ ।

प्रहरीले चालू आवमा चोरी अभियोगमा अदालतबाट सजाय तोकिएपछि फरार भएका ५५ जना कसुरदारलाई पक्राउ गरेको छ । कुटपिटका ३९ र कुटपिट– लुटपिटका ३७ जना फरार कसुरदारलाई पक्राउ गरेको छ । सम्बन्ध विच्छेदका ३१, लागूऔषध दुब्र्यसन सम्बन्धि २७, जुवातास ३० र सवारी ज्यान सम्बन्धि कसुरमा सजाय तोकिएर फरार रहेका २२ जनालाई पनि पक्राउ गरिएको छ ।

जुवातास मुद्धामा सजाय पाएका ३०, गाली बेइजतीका १९, बहुविवाह, जवरजस्ती करणीका १७–१७, लेनदेन १४, लुटपाट तथा केहि सार्वजनिक अपराध मुद्धाका १३–१३ जना कसुरदारलाई पनि पक्राउ गरिएको छ । कर्तब्य ज्यान सम्बन्धि मुद्धामा सजाय पाएका १२ जना कसुरदारलाई पक्राउ गरि कारागार चलान गरिएको रेकर्डमा छ ।

प्रतिक्रिया