लुम्बिनी प्रदेशको बाली संरक्षण प्रयोगशालाको कार्यक्रम सार्वजनिक

नेपालगन्ज : लुम्बिनी प्रदेशको बाली संरक्षण प्रयोगशाला खजुराको कार्यक्रम सार्वजनिक भएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरि प्रयोगशालाले बार्षिक रुपमा गरिने कार्यहरुको सार्वजनिक गरेको हो ।

१ करोड ५४ लाख ७० हजार बराबरको कार्यक्रम संचालन गर्ने गरि बजेट र कार्यक्रम सार्वजनिक गरेको हो ।

बाली संरक्षण प्रयोगशाला खजुराका बरिष्ठ बाली संरक्षण नरेश धितालका अनुसार यो वर्ष प्रादेशिक बाली संरक्षण गोष्ठि, विभिन्न दिवस तथा महोत्सवमा सहभागि, घुम्ती बाली उपचार शिविर सञ्चालन, विभिन्न तालिमहरु, बार्षिक पुस्तीका प्रकाशन, प्रयोगशाला निदान सेवा ल्याव तथा ग्लासवेयर खरिद, रोग किराको म्युजियम अध्यावधिक गर्ने, एन. पि.भि उत्पादन, प्रादेशिक पेष्ट म्याप तयार गरि होडिक बौर्ड मान चित्र वनाउने, एफ.एम रेडियोबाट प्राविधिक सन्देश प्रशारण, आइपिएम नमुना गाउँ सुदृढिकरण, आइपीएम श्रोत केन्द्र सुदृढिकरण, आइपिएम कृषक पाठशाला सन्चालन गर्ने रहेको छ ।

यस्तै अन्य कार्यहरुमा रोग किरा विषादि तथांक संकलन, कार्यलय परिसरमा पृष्प बाटिका स्थापना, रासायानिक विषादीको नकारात्मक असर बारे होडिक वोर्ड प्रदशन, , फु्रट फलाई संक्रमित क्षेत्रमा उपचार पद्धती, बिषादिको नकारात्मक असरबारे अध्ययन, आकस्मिक बाली संरक्षण सेवा, जैविक विषादी ट्राइकोडर्मा उत्पादन, जैविक विषादि ट्राइकोडर्मा परिक्षण तथा प्रतिवेदन, फिल्ड स्तरमा एनपिभि परिक्षण, कन्य, गोव्रे र दुधे च्याउको विउ उत्पादन, वानस्पती विषादी उत्पादन आइपीएम प्रविधि अनुसरण, रोग विरुवा नमुना परिक्षण, बालि संरक्षण प्रविधि लिफटलेट प्रकाशन गोव्रे तथा दुधे च्याउ उत्पादन प्रविधि प्रदर्शन, विषादि अवशेष विश्लेषण रहेको छ, यस्तै अन्य कार्यहरुमा आइपीएम एप्रोच प्रदर्शन, जेटिए परिचालन कार्यक्रम, संचालित कार्यक्रमको अनुगमन मुल्याकंन गरिने लगाएतका कार्यक्रम सन्चालन गरिने वरिष्ठ बाली संरक्षण अधिकृत नरेश धितालले जानकारी दिए ।

प्रतिक्रिया