किसानको सहयोगी बन्दै खजुराको जनता दुग्ध उत्पादक सहकारी

खजुरा गाउँपालिका ३ मा रहेको जनता दुग्ध उत्पादक सहकारी सस्थाले आफ्नो सस्था संग दुग्धको कारोबार गर्ने कृषकहरुलाइ दुग्ध उत्पादन र पसुपालन मा सहजीकरणका लागि ७० प्रतिसत सहुलियतमा बर्सिम घाँसको बीउ बितरण गरेको छ।

दुग्ध उत्पादन गर्ने किसानको लागि यो समय भनेको हिउदे घास लगाउने भएकाले बजारमा बर्सिम घासको बिउ अभाव भयपनी सस्थाले आफ्ना किसानका लागि बिउको जोहो गरि वितरण गरेको हो ।

साथै सस्थासंग कारोबार गर्ने कृषक जस्लाइ कोरोना भाइरसको संक्रमणले गर्दा परिबारको अन्य सदस्यले दैनिक ज्यालादारी काम हाल बन्द रहेको घर परिवार लाई छ्नोट गरि उक्त परिबारलाई राहत स्वरुप चामल, पिठो, तेल, दाल, नुन, साबुन, मास्क लगायत वितरण गरेको सस्थाका ब्यबस्थापक गौरब सापकोटाले जानकारी दिए ।

उक्त सस्थाले बिगत को समयमा पनि स्थानीय खजुरा गाउँपालिका कार्यालयको बैंक खातामा कोरोना बिपत ब्यब्स्थापन कोषमा रु ५६१०० सहयोग गरिसकेको छ ।

 

प्रतिक्रिया