नेपालगन्ज : भोलि अर्थात कार्तिक एक गते हिन्दुहरु धर्मावलम्बीहरुको पर्व दशैको पहिलो दिन घटस्थापना । विषम परिस्थितिका बाबजुद नेपालगन्जमा दशैको थोरै भए पनि रौनक देखिन सुरु भएको छ ।
नेपालगन्ज त्रिभुवन चोक आसपास तथा अन्य केही क्षेत्रहरुमा दुर्गा पुजाको लागि तयारी थालिएको छ । कोरोना कहर र त्यसैले पारेको मानवीय तथा आर्थिक क्षतिले पुरै देश संगै नेपालगन्जलाई पजि थला पारेको समयमा कोरोना कहरकै बिच नेपालगन्ज दुर्गा पुजाको तयारी थालिएको हो ।
एक समूहले धार्मिक स्थल, मठमन्दिर तथा शक्तिपिठहरु खोल्नु पर्ने माग गर्दै आएका छन् भने गृह मन्त्रालयले शक्तिपिठहरु नखोल्न भन्दै देशभर नै परिपत्र गरेको छ । यो विषम परिस्थितिमा दशैलाई घरमै मनाउन समेत सरकारले आग्रह गरेको छ ।

यता नेपालगन्जमा भने अन्य बर्षको जस्तो उल्लास नभए पनि दुर्गा पुजाको तयारी थालिएको हो ।पहिले पहिलेका बर्ष हरेक चोक तथा गल्लिहरुमा दुर्गा मुर्ती स्थापना गरेर शहर नै सजिने भए पनि यो कोरोना कहरमा नेपालगन्जमा शनिबार राती सम्म देखिएको केही तयारी हेर्दा केही भए पनि दुर्गा मुर्ती स्थापना हुने निश्चित भएको छ ।
जिल्लामा एक पछि अर्को गर्दै कोरोना बाट मृत्यु हुनेको संख्यामा आएको वृद्धि, कोरोना संक्रमितको उकालो लागेको ग्राफ र घट्दो रिकभरी दर हेर्दा अवस्था असामान्य बनेको छ ।
बजार भरिभराउ
नेपालगन्ज तथा समग्र बाँके जिल्लाको कोरोनाको ग्राफ र मृत्यु दर डरलाग्दो अवस्थामा भए पनि बजारको अनावश्यक भिड भने आफैमा अकल्पनीय छ । कोरोनाले दैनिक भएका मृत्यु र दैनिक बढेको संक्रमितको संख्याले समेत नेपालगन्जलाई सजग हुन सचेत गराएको छैन ।

बजारमा भिड संगै लापरबाही देख्न सकिन्छ भने जिल्लाबासिले कोरोना संक्रमण रोक्न र त्यासबाट वचन अपनाइने स्वास्थ्य सुरक्षाका प्रोटोकल समेत फलो गरेका छैनन् जसले गर्दा जिल्लामा कोरोना संक्रमण झनै बढ्नेमा बिज्ञहरु चिन्तित छन् ।











