बाँकेमा ६५ औं प्रहरी दिवस भब्यताका साथ सम्पन्न

नेपालगन्ज : ६५ औं प्रहरी दिवस २०७७ जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा आज शनिबार भब्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङज्युले ग्रहण गर्नु भएको थियो ।

सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा पत्रकार, नागरिक समाज, प्रहरी उपरीक्षक राम प्रकाश शाह, ससस्त्र प्रहरी बलका स.प्र.उ. अशोक बहादुर बम, नेपाली सेनाका सेनानी पुकार शाह, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्र राज गिरी लगायतका अतिथी हरुको उपस्थिति रहेको उक्त कार्यक्रमको स्वागत मन्तब्य लुम्बिन प्रदेस ससस्त्र प्रहरी गण कोहलपुर बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाहले गर्नु भएको थियो भने प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.ना.उ. सुवास खड्काले वाचन गर्नु भएको थियो ।

सो कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक जोति प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकार्मा, अशक्त अवकास प्रहरीको तर्फबाट अध्यक्ष शेर बहादुर बस्नेत तथा पत्रकार महासंघ जिल्ला शाखा बाँकेका उपाध्यक्ष रुपा गहतराज लगायतले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिज्युबाट पुष्पहार अर्पण गर्नु भएको कार्यक्रममा बैदिक मन्त्र सहित बटुकहरुले स्वस्ति बाचन गरेका थिए । सो पश्चात उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

त्यस्तै कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्माचरीहरुलाई तिन पुस्तेमा जनिने गरी परस्कृत गरिएको थियो ।

प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षाकज्युबाट प्राप्त कदर पत्र प्रदान गरिएको तथा अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथिज्युले सम्मान गर्नु भ्एको थियो ।

साथै ६५औं प्रहरी दिवस २०७७ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, ३२०० मि. दौड, कुर्सि दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्र.जि.अ. राम बहादुर कुरुम्बाङज्युले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षाक ओम बहादुर रानाले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताउनु भएको थियो ।

प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले संचालन गरेको उक्त कार्यक्रम समापन पश्चात दिवा खाना तथा प्रहरी पुनर्मिलन कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया