पहिलोपटक दशैंमा बन्द बागेश्वरी मन्दिर

नेपालगन्ज : हिन्दुहरुको महान् पर्व दशैं आजबाट सुरु भएको छ । दशैंको ९ दिनसम्म देविका विभिन्न रुपहरुको पुजाआजा हुने गर्दछ ।

हरेक बर्ष नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा दशैका बेला घुइँचो लाग्ने गरेको छ । तर, यस पटक भने भक्तजनहरुले मन्दिर प्रवेश गर्न नपाउने भएका छन् । कोरोनाको जोखिम सँगै बन्द गरिएको मन्दिरको मुख्यद्वार दशैंमा पनि नखोलिने भएको हो । पर्वका बेला मन्दिर नखुल्दा गेटबाटै दर्शन गरेर दर्शनार्थीहरु फर्किने गरेका छन् ।

बागेश्वरी मन्दिरमा दशैंको नौं दिननै विशेष पुजाआजा हुने गर्दछ । दशैंमा हुने विशेष पुजामा समेत दर्शनार्थी सहभागी हुन नपाउने भएका छन् । घटस्थापनाका दिन आज मन्दिरमा दर्शनार्थीहरु पुगेर गेटबाट दर्शन गरी फर्किएका छन् । विगतका बर्ष जस्तो भीडभाड भने मन्दिरमा रहेको छैन । Photo : media center

प्रतिक्रिया