नेपालगन्ज : सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको बुद्ध युवा क्लब नेपालगन्ज १२ द्वारा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

क्लबले रक्त सञ्चार केन्द्र बाँकेमा रगतको अभाव भइरहेको अवस्थामा कसैले पनि रगतको अभावमा मृत्युवरण गर्न नपरोस् भनेर रक्त सञ्चार केन्द्र बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष युवराज खड्काले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा कार्यालय परिसरमा गरिएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष युवराज खड्का, प्रमुख अतिथि वडा नं १२ का अध्यक्ष बुद्धि सागर सुवेदी , अतिथिमा वडा सचिव केदार प्रसाद अधिकारी, समाजसेवी तेज बिक्रम शाह, वडा सदस्य दिनेश पन्त, वडा सदस्यहरु, रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियोे ।

क्लवका सचिव तरुण ब्रजाचार्यले सञ्चालन गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले क्लबले यस्तो महामारीको बेलामा राम्रो काम गरेको प्रशंसा गरेका थिए । कोरोनाको अहिलेको विषम परिस्थितिमा कसैले पनि रगत नपाएर मृत्युुवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रम राखिएको क्लबका कोषाध्यक्ष केशब गुरुङले बताए ।












