बाँके प्रहरीको ‘डग स्निफिङ’ सुरु

नेपालगन्ज : चाडपर्वलाई लक्षित गरेर बाँके प्रहरीले ला’गू पदार्थ तथा बिस्फो’टक पदार्थ नेपाल भित्रने खतरालाई मध्यनजर गर्दै ‘डग स्निफिङ’को सुरुवात गरेको छ ।

नेपाल प्रहरीको दुईवटा कुकुरको प्रयोग गरेर बाँके प्रहरीले नेपाल भारत सिमानाका जमुनाहाबाट आइतबार देखि ‘डग स्निफिङ’को सुरुवात गरेको हो ।

चाडपर्वलाई लक्षित गरेर सिमानाकाबाट ला’गू पदार्थ तथा बिस्फो’टक पदार्थ नेपाल भित्रने खतरालाई मध्यनजर गर्दै बाँके प्रहरीले आजबाट ‘डग स्निफिङ’ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले बताए ।

आइतबार नेपालगन्जको जमुनाहा सिमानाका, नेपालगन्ज भन्सार छेउमा रहेको होल्डिङ सेन्टरमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर (लभ र एलेक्स)द्वारा चेकजाँच गरिएको थियो भने भोलि देखि राजमार्ग तथा अन्य सम्भावित स्थानहरुमा सर्प्राइज चेकजाँच गरिने एसपि रानाले बताए ।

बाँके प्रहरीले यस अघि नै भारतबाट फर्किने नागरिकहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिसकेको छ भने मोटरसाइकल गस्ती समेत सुरु गरि सकेको छ । तालिम प्राप्त लभ र एलेक्स लाई कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आवश्कताको आधारमा परिचालन गरिने यसपी रानाले बताए ।

प्रतिक्रिया