कोरोना कहरमै सजियो नेपालगन्ज (फोटो कथा)

नेपालगन्ज : नेपालगन्ज सद्भावको शहर । यहाँ हरेक धर्मावलम्बीको पर्वलाई हर्षउल्लासका लिने गरिन्छ । कोरोना भाइरसको कहरले केही पर्वलाई घरमै मनाउन बाध्य पारेको छ र अझै कयौं आउने पर्वहरु घर भित्रै सिमित हुने हुन् कसैलाई थाहा छैन ।

तर पनि नेपालगन्जले दशैमा आफुलाई थोरै भए पनि सजाउने कोसिस गरेको छ । प्रशासनले सामाजिक भौतिक दुरि कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ, त्यसै अनुरुप बागेश्वरी मन्दिर समेत बन्द छ ।

कोरोनाको कहरमा कोरोना संक्रमण फैलन सक्ने डर र त्रासका बिच नेपालगन्जका केही क्षेत्रमा भए पनि दुर्गामुर्ती स्थापना गरेर नेपालगन्जलाई थोरै भए पनि पर्वको अनुभव प्रदान गरेका छन् ।

पहिले पहिलेका बर्ष हरेक चोक तथा गल्लिहरुमा दुर्गा मुर्ती स्थापना गरेर शहर नै सजिने भए पनि यो कोरोना कहरमा नेपालगन्जमा केही मात्र दुर्गा मुर्ती स्थापना भएका छन् ।

जिल्लामा एक पछि अर्को गर्दै कोरोना बाट मृत्यु हुनेको संख्यामा आएको वृद्धि, कोरोना संक्रमितको उकालो लागेको ग्राफ र घट्दो रिकभरी दर हेर्दा अवस्था असामान्य बनेको छ ।


प्रतिक्रिया