लभ र एलेक्सको जोडी नेपालगन्ज सिमानाकामा (फोटो कथा)

नेपालगन्ज : आइतबार नेपालगन्जको नेपाल-भारत सिमानाकामा भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरु एकै छिन अकमक्क थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर राना र प्रहरी निरीक्षक सुरज खत्री सहितको टोलि नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ‘लभ र एलेक्स’ द्वारा ला’गू औषध र बिस्फो’टक पदार्थको हुनसक्ने सम्भावित ओसारपसार रोक्न चेकजाँच गर्दै थिए ।

तालिमप्राप्त लभ र एलेक्सले भारतबाट नेपाल फर्किन लामबद्द भएका सबैको झोलाहरु एक पछि अर्को गर्दै चेकजाँच गर्‍यो र पुनः नेपालबाट भारत जान लागेका लामबद्द रहेकाहरुमा लभ र एलेक्सले त्यसै गरि चेकजाँच गरे र अगाडि बढे । यो दृश्य सिमानाका जमुनाहाको लागी नौलो थियो ।

आइतबार जमुनाहा सिमानाका, नेपालगन्ज भन्सार छेउमा रहेको होल्डिङ सेन्टरमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर (लभ र एलेक्स)द्वारा चेकजाँच गरिएको थियो भने भोलि देखि राजमार्ग तथा अन्य सम्भावित स्थानहरुमा सर्प्राइज चेकजाँच गरिने बाँके प्रहरी प्रमुख एसपि रानाले बताएका छन् ।

हेर्नुस् केही तस्वीरहरु

प्रतिक्रिया