साइकलका लागि “वेटिङ्ग” बढदै साइक्लिङ्ग क्रेज

सतिश निरौला, नेपालगन्ज : समाचार इन्डियन अनलाइनले लेख्यो ” साइकल के लिए वेटिङ्ग” वास्तवमा धेरै लाई अचम्म लाग्दो थियो यो समाचार । नयाँ गाडीहरू को लन्च कम्पनीले गर्दै गर्दा मानिसहरूले अग्रीम बुकिङ गर्ने गरेको खबर सुनेका र थाहा पाएका हाम्रो लागी साइकल किन्न पनि ईन्डियामा मानिसहरुले अग्रिम बुकिङ गरेको र पर्खिरहेका खबर साच्चै गजबको थियो ।

कोरोना भित्रीसकिएपछीको यो अवधी साइकलकालागि गोल्डेन टाइम बन्न पुग्यो, समय पुरै रिभर्स भएको छ।युरोपेली मुलुकले त अथाह बजेट साइकल मैत्री शहर निर्माणका लागी लगाइरहेका छन् । अहिले भारतका प्राय शहरहरुमा साइकल चढ्नेहरुको संख्या बाक्लो छ तर भारतका शहरका सडक अझै पनि साइकल मैत्री छैनन् ।

नेपालमा पनि अहिलेको अवस्थामा साइकलको माग जतासुकै बढेको छ,नेपालका मुख्य शहरहरु पोखरा , काठमाडौ , ललितपुर , भक्तपुर , बुटवल , नेपालगन्ज , धरान, दाङ लगायतका ठाउँ अहिले साइकलका पारखिहरुको संख्या दिनानुदिन बढ्दो छ।

नेपालगन्जमा पनि साइकल नचढ्ने भनेको अनौठो हुने जस्तो माहोल बन्दै गएको छ। सबै पेशा र क्षेत्रका मानिसहरु साइकल प्रति जागेको आकर्षणले साइकल को बजार बढ्दै गएको छ, साइकलका पारखिहरु नयाँ मोडेल र ब्रान्डका साइकल प्रतिको मोह बढ्दै जादा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा रहेका साइकलका थुप्रै ब्रान्ड नेपालगन्जका सडकमा धेरै संख्यामा गुडिरहेका छन् ।

क्युब, ट्रेक,जाइन्ट, ट्रीङ्ग्स, फोनिक्स लगायतका बिश्वप्रसिद्द साइकलका नयाँ नयाँ मोडेलको प्रतीक्षा मा अहिले पनि नेपालगन्जका साइक्लिस्टहरु छन् । नेपालगन्जमा साइकलका विभिन्न ब्रान्ड बिक्री गर्दै आइरहेको नेपालगन्ज बाइसाइकल्स प्रालिमा साइकल किन्न अहिले पनि थुप्रै साइक्लिस्टहरु नयाँ साइकलको प्रतीक्षामा रहेको र केहीले बुकिङ समेत गरेको नेपालगन्ज बाइसाइकल्सका संचालक गगन थापा बताउनुहुन्छ। नेपालगन्जमा बिबि साइकल स्टोर र नेपालगन्ज बाइसाइकल्सले नयाँ नयाँ साइकलका मोडेलहरु भित्र्याएर बिक्रीवितरण गर्दै आइरहेका छन् ।

कोरोनापछी साइकलको प्रयोगमा आम मानिसहरुको रुचि बढ्नुका मुख्य कारण स्वास्थ्य प्रतिको सचेतता नै हो, सामाजिक दुरि कायम हुने र शारीरिक ब्यायाम समेत हुनेहुदा युवाहरू मात्र होईन अहिले प्रौढहरुको पनि साइकल प्रतिको आकर्षण बढेको देखिन्छ । साइकलमा विहानको शारीरिक ब्यायाम र शहरका आसपासका क्षेत्र घुम्नुले नौलो अनुभव बटुल्दै सामाजिक संजालमा गरिएका शेयरले थप शहरिया बर्ग साइकल प्रति तानिदैछ्न।

घुमफिर गर्ने, विदामा रमाइलो गर्ने अब नयाँ साधनका रूपमा साइकल स्थापित हुँदै छ भने साइकलका अभियन्ताहरुले पहिल्याएका नयाँ गन्तव्यहरु प्रती अहिले थुप्रै नेपालगन्जियाहरुको आकर्षण बढेको छ ।

राप्ती पारिको बर्फानी बाबा होस् वा डुडुवा आसपासका क्षेत्र अनि राप्ती को पुल, झरना, बाके रास्ट्रीय निकुञ्ज लगायतका ठाउँ बाकेका प्रमुख साइकल गन्तव्य हुन् भने बर्दिया मा ॐ केदारेश्वर धाम, सत्खलुवा ताल, लामो पुल, ठाकुरद्वारा, देउराली र बबई प्रमुख गन्तव्य हुन् ।

प्रतिक्रिया