नेपालगन्ज : चाडपर्व नजिकिए संगै सशस्त्र प्रहरी बलको बढैया बिओपिले सिमानाकामा हुन सक्ने चोरीपैठारी र हुनसक्ने अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै भारतिय एसएसबी संग संयुक्त गस्तीलाई प्राथमिकतामा राख्दै आफ्नो सकृयतालाई बढाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा रहेको नम्बर ३० गण हेक्वा बागेश्वरी बाँकेले हप्ताको एक पटक भारतिय सिमा सुरक्षा एसएसबी संग संयुक्त गस्ती गर्ने गरेको बताउछन् ।

‘हामिले सिमानाकामा हुनसक्ने अपराधिक क्रियाकलापलाई निस्तेज पार्न र चाडपर्वको समयमा अबैध रुपमा हुने चोरीपैठारी तथा बिस्फोटक पदार्थको ओसारपसारलाई रोक्न हप्ताको एक पटक एसएसबीसंग नियमित जोइन पेट्रोल गर्दै आएका छौ र दैनिक जसो सिमामा हुने क्रियाकलापको बिषयमा छलफल तथा समन्वय बैठक गर्छौ।’ सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।


उता बिओपी स्थापना र सशस्त्र प्रहरी बलको बढैया बिओपिले आफ्नो सकृयता देखाए संगै सिमा क्षेत्रमा बस्ने बासिन्दाहरु समेत खुसी भएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर एकका स्थानीय तथा समाजसेवी इन्द्र बहादुर थापा सिमानाकामा पहिले जस्तो डराउनु पर्ने र चोरी तथा लुटपाटका घटना सुन्नमा नआएको तथा सिमानाकामा हुने अपराधिक गतिविधि समेत सुन्यमा झरेको बताउछन् ।
‘पहिले पहिले रातको समयमा बढैयामा हिड्न समेत डराउने जनताहरु अहिले ढुक्क संग हिड्ने गरेका छन्, प्रहरी निरीक्षक श्रेष्ठ सर आए पछि धेरै परिवर्तन आएको छ, उहाले हामी स्थानिय संग समन्वय गर्दै कार्यहरू गर्नु हुन्छ जसले गर्दा सिमाका बसिन्दालाई ठूलो आड भरोसा मिलेको छ।’ थापाले बताए ।

थापा जस्तै श्याम कादु पनि सशस्त्र प्रहरीको ब्यवहार र सहयोगका कारण खुसी छन । जानकी गाउँपालिका वडा नम्बर एकका स्थानिय कादु बढैया बिओपीले गर्ने ब्यवहार र सहकार्यले रातमा हिडडुल गर्दा आफुहरु ढुक्क हुने गरेको बताउछन् ।
पहिले जस्तो छैन अहिले त , हामिहरुलाई धेरै सहज भएको छ । पहिले पहिले चोरिका घटना धेरै हुन्थे हामिहरु रातमा काम परे पनि हिड्न सक्ने स्थिति थिएन अहिले त सुरक्षाकर्मी भए पछि हामिहरु ढुक्क संग हिड्न सक्छौ । केही पर्दा हामिहरुलाई सुरक्षाकर्मिले सहयोग गर्छन कहिलेकाही हामिपनी उहाहरुलाई सहयोग गर्छौ, कादुले बताए ।
त्यस्तै सशस्त्र प्रहरीको बिओपिकै कारण आफुहरुको दैनिकीमा समेत सहज भएको कादु बताउने गर्छन् , ‘पहिले हामिहरु चोर डैकैत संग मात्रै होईन उताका सुरक्षाकर्मीहरु संग पनि डराउने गर्थ्यौ कहिलेकाही हाम्रा बाख्राहरु पारी पुग्दा पनि माया मार्नु पर्ने स्थिति थियो तर अहिले त्यो समस्या छैन सुरक्षाकर्मीहरुले भारतका एसएसबी संग कुराकानी गरेर पनि हामिलाई सहयोग गर्नु हुन्छ ।’

बढैया बिओपिका प्रमुख बिनोद श्रेष्ठ आफू बढैया आए देखि सबै संग समन्वय गरेर काम गर्दै आएको बताउछन् ।
‘यो एक किसिमले संबेदनसिल क्षेत्र समेत हो त्यसैले हामी सबै संग समन्वय गरेर काम गर्दै आएका छौ , यहाँका स्थानिय संग समन्वय गर्दै आएका छौ भने भारतिय सिमा सुरक्षा बल एसएसबी संग पनि हामी समन्वय गर्छौ ।’
सशस्त्र प्रहरी बल बढैया अन्तरगत नेपाल-भारत सिमाको ४ वटा मुख्य सिमा स्तम्भ र २१ सहायक सिमा स्तम्भ रहेको छ ।














