नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

वातावरण विभागको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानल सहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका छन् ।

डिस्पले बोर्डमा नेपालगन्ज नगरसहित देशभरिको वातावरणसम्बन्धी जानकारी दिइने व्यवस्था गरिएको इन्जिनियर प्रकाश डिसीले जानकारी दिए ।














