एकै घरका ६ जना सहित आज बाँकेमा ३८ जना कोरोना संक्रमित थपिए

नेपालगंज : आज बाँकेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ का एकै घरका ६ जना सहित ३८ जनामा थप कोरोना पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार आज भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २१ जनामा , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा  १२ जनामा  र  बागेश्वरी डाइग्नोष्टिक सेण्टरमा गरिएको परीक्षणमा ५ जना गरेर ३८ जनामा  कोरोना पुष्टि भएको हो ।

आज देखिएका १८ महिला र २० पुरुष गरेर  ३८ सहित बाँकेमा कोरोना संक्रमणको सङ्ख्या राति   ७:०० बजेको अपडेट अनुसार  २ हजार ८ सय  ४१ जना पुगेको छ भन कोरोनाबाट मृत्यु हुनेको संख्या बाँके जिल्लाका  २९ जना र बाहिरी जिल्लाका बाँकेमा उपचार गराउदा गराउदै मृत्यु हुनेको सङ्ख्या १४  रहेको छ ।

एकतातिर बाँकेमा दिन प्रतिदिन कोरोना संक्रमणको सङ्ख्या  बढिरहेको छ भने कोरोना भाइरस (कोभिड १९) लाई  जितेर घर फर्कनेको संख्या पनि उत्तिकै छ । आज ५२ जना घर फर्किए संगै आज सम्म बाँकेमा कोरोना जितेर घर फर्कनेको संख्या  २ हजार २ सय  २७ जना  रहेका छन् भने ५ सय ८५ जना जिल्लाको विभिन्न आइसोलेसना सेन्टरहरुमा उपचारार्थ रहेका छन् ।

प्रतिक्रिया