बाँकेमा आज ५१ जना संक्रमित डिस्चार्ज, निकोहुने दर ८० प्रतिशत बढी

नेपालगन्ज : बाँकेमा आज कोरोना संक्रमण भएर १४१५ दिनको बसाई पूरा गरेर ५१ जना आज डिस्चार्ज हुने भएका छन् , जसमध्ये १५ महिला र ३६ पुरुष रहेका छन् ।

जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीवार ५१ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किने जनाएका छन् ।

हालसम्म बाँकेमा २८ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने यो संगै २२ सय ७८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भैसकेका छन् ।
त्यस्तै बाँकेमा हाल सम्म २९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यता हरेक दिन बाँकेमा कोरोना संक्रमणको दर बढी रहे पनि निको हुने दर समेत जिल्लामा उच्च रहेको छ । हाल जिल्लामा ८० प्रतिशत भन्दा बढी निको हुने दर रहेको छ ।

प्रतिक्रिया