कस्को दशै कस्तो ?

करुणा शाह (महारानी)

हिन्दुहरुको महान पर्व दशैको माहोलले हामी सबैलाई छोइसकेको छ। तर यसपालीको पर्व अन्य बर्षको भन्दा केही फरक अवस्य छ ।

माहामारिको रुपमा फैलिएको कोभिड १९ ले सबै क्षेत्रमा ठुलो प्रभाव परेको छ । देशको विभिन्न जिल्लामा रहेको दुर्गा भवानी मन्दिर, शक्तिपिठहरु पनि खुलेको छैनन् । कोभिडकै कारण देशकै शक्तिशाली पिठ बागेश्वरी मन्दिर समेत खुलेको छैन ।

दशैको शुरुवातको दिन घटस्थापना बाटै दर्शनाथिको थोरै भएपनी बागेश्वरीमा भिड छ । मन्दिर मै गएर पुजा अर्चना गर्न नपाएता पनि दर्शनार्थीहरु मन्दिरको गेटबाट पुजा गर्न दैनिक भिड लाग्ने गरेको छ । तर बजारमा देखिने भिड देख्दा दशै लागिसकेको आभाष हुन्छ । सबैलाई आ-आफ्नै गृह जिल्ला जानको लागि हतार छ। हुने खाने देखि हुदा खादा सम्मको लागि दशैको रौनकले छोएको छ ।
यो सालको विजया दशमीको सुभकामना संगै यसै सन्दर्भमा हामिले डिउटिमा दशै मनाउनेहरुको यो बर्षको दशै कस्तो हुँदैछ । हामिले गरेका कुराकानीको आधारमा ।


डिल्ली बहादुर खडका – प्रहरि निरीक्षक (प्रमुख) वडा प्रहरि कार्यलय नेपालगन्ज

सर्बप्रथम देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ, दिदि, बहिनी, आमा-बुवालाई हाम्रो संगठनका साथै हाम्रो कार्यलयको तर्फबाट बिजया दशमीको शुभकामना । मलाइ सबै भन्दा मन पर्ने चाड हो दशै ।अहिले को परिस्थिति निकै गारो छ। पहिला जस्तो घुलमिल हुने, सबै ठाउँ टीका लगाउन जाने सहज बाताबरण छैन । स्वास्थ भै सहज सरल तरिकाले दशै मनाउनुस । हाम्रो दसै त देस र जनता को सुरक्षा मै बित्छ।

चाडपर्वको बेला अझ बढी चोरी डकैती या अन्य घटना हुने हुदा हामी यो समय मा निकै संबेदनसिल भएर काम गर्नु पर्ने हुन्छ त्यसैले हामी काममै हुन्छौं । वडा प्रहरीले नगर एरियामा केही भए तुरुन्तै २ देखि ५ मिनेटमा आफ्नो साधन स्रोतलाइ प्रयोग गरि आफ्नो टिम सहित सम्बन्धी ठाउँमा पुग्ने छ, तपाईंको सेवामा ।


हामी २४ सै घन्टा युनिफम सहित तैनाथ रहन्छौ , फौजी जागिरे भए पश्चात् मैले थुप्रो दशै ब्यारेक मै मनाएको छु ।रमाइलो हुन्छ सिजियर सर, सहकर्मी, जुनियरहरु सबैसंगको जोइन दशै ।

मेरो बाल्यकाल दाङको तुलसीपुरमा बित्यो । सानो हुँदाको दशैको अलग रमाइलो हुन्थ्यो । म बढी खानाको सोकिन छु लगाउन त प्राय सहज र साधारण नै लाउछु ।दशैमा भने नेपाली पोशाक दौरा सलवार लगाउने गर्छु ।

डाक्टर उर्मिला पराजुली
स्त्रीरोग विशेषज्ञ भेरी अञ्चल अस्पताल नेपालगन्ज

२० बर्षबाट म यो पेशामा आबद्ध छु । प्रसुती गृह काठमाडौं र अन्य ठाउँमा काम गरे पश्चात १३ बर्ष देखि म येहि छु । दशैमा परिवार संग रमाइलो गर्न, छोरा संग सपिङ गर्न एकदमै मन पर्छ तर आफ्नो पेशा नै यस्तो ब्यस्त हुने छ , तर खुशी लाग्छ जस्तो सुकै ब्यस्ततामा पनि बीरामी को सेवा गर्ना पाउँदा।

११ बर्ष भयो मैले दशैमा एक्लैले मेरो बिरामी लाई धानेको । घर नेपालगन्ज नै भएकोले सासु र आफन्त संग टीका लगाउन जाम्छु त्यसपछि पुन काममा फर्किन्छु । यस पाली समय समय सहज छैन , डिउटि मै छ दशै ।


श्रीमान डाक्टर संकेत रिसाल पनि भेरी अञ्चल अस्पताल का फिजिसिएन एबम इमेर्जेन्सी प्रमुख हुन । डाक्टर संकेत रिसालका अनुसार यो पेशामा लागे पछी घरायसी काम, पारिवारिक कारण, स्वास्थ समस्या भए बिदा लिने हो । नेपाल सरकारको जागिर गरे पश्चात् कुनै पनि चाडपर्वमा पनि हामिले अस्पतालमा भएका बिरामीलाई सेवा दिनु पर्छ र हामिले दिएका छौँ ।

यो दशै पनि हाम्रो डिउटि मै बित्छ, यसपाली पनि कोरोना बाट सक्रमितको संख्या दिन प्रतिदिन बढी रहेको छ ।आफै पनि सक्रमित भए ।अन्य सालको दशै भन्दा यो पालि गाह्रो छ , घरमै सहज तरिकाले मनाउनुहोस् ।खानपिनमा ध्यान पुर्याउनुहोस् । भ्यर्चुयलबाट आफन्त संग आशीर्वाद लिए पुग्छ अर्को बर्ष रमाइलो संग मनाउदा हुन्छ ।

पाइलट मनिष बिष्ट -नेपाल बायुसेवा निगम

ह्यापि दशै टु ..अल । माता भगवतीले सबैको रक्षा गरून् । हाम्रो काम चाडपर्वको समय मा अझै बिजि हुने काम हो । यो बेला यात्रुको अन्य समय भन्दा बढी चाप हुन्छ हामिले सेवा दिनुपर्छ र दिएका छौ ।

म पाइलट भएको १७-१८ वर्ष भयो । मैले सबै दशै जाहाज मै डिउटि गरेरै बिताएको छु । म काठमाडौंको स्थानीय बासिन्दा भएकोले दशैमा खानपिन गर्ने, घुमेर रमाइलो गर्ने, गरिन्थ्यो अन्य बर्ष ।

काठमाडौंमा पन्चमीसम्म एकदमै बजारमा मनिसको चहलपहल हुन्थ्यो , सप्तमी पछि मानिस आफ्नो घर जान्थे तर यो पाली कोरोनाले गर्दा पुरै केही महिना अगाडि बाट नै काठमाडौं सुनसान छ। कोरिनाले गर्दा ४-५ महिना फ्लाइ नभएर पुरै फ्री भएर बसियो कहि घुम्ने माहोल भएन अब उडान शुरु भयो अब बिजु छु ।

जे होश डिउटिमा दशैको पनि मज्जा छ । क्रु क्याम्पमा सबैले दशै मनाउदा रमाइलो हुन्छ तर मिलाएर सबैले दशैको टीकाको दिनबाट पुर्णिामासम्म टीका लगाउछौ ।

सपना सिंह – टेकनिसियन प्रमुख
बागेश्वरी एफ एम प्राली

बिगत केही बर्षबाट म रेडियोमा टेक्निसियनको रुपमा काम गर्दै छु । रेडियो त दशैको टीकाको दिन पनि अफ हुदैन । दशै लगतै दशैको धुन सहित र दसै गित रेडियोमा बजाउदा दशै अझ नजिक भएको आभस हुन्छ ।

अन्य कार्यालयमा फुलपातीको दिन बाट बिदा हुन्छ हाम्रो टीकाको दिन पनि बिदा हुदैन । टेक्निसियनहरुले डिउटी मिलाएर टीका लगाउछौ । पेशा येस्तै छ । खुशी संग काम गर्छौ ।अफिसमा खानपिन हुन्छ , रमाइलो हुन्छ ।

मेरो घर सल्ल्यान हो । घर जाने योजना त थियो तर अहिलेको यो परिस्थितिले गर्दा जान सकिन । घर परिवार संगको दशैको अलग्गै रमाइलो हुन्छ । गाउँ घरमा दशै शुभारम्मबाट नै रोटे पिङ हालिन्छ , साथी-भाइ मिलि पिङ खेलिन्छ, नयाँ कपडा, नयाँ नोट सहितको दक्षिणा को सम्झना ताजै छ।

राजेश शाही – प्रहरी निरीक्षक
जिल्ला प्रहरी कार्यालय कंचनपुर

सर्बप्रथम देश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपालीमा शुभ बिजया दशमी । बिदा छैन डिउटि मै बित्छ यो पालिको दशै । अन्य समय भन्दा अझै बढी हामी ब्यस्त हुन्छौं ।

दशै तिहार चाडपर्वमा चोरि डकैती अझ बढी हुन्छ। खानपिनको समय हो ट्राफिक संग समन्वय गरेर मापसे चेक गर्छौ । दशै मलाइ एकदमै मन पर्ने चाड हो । प्रहरीमा जागिर गरेको पाँच बर्ष लाग्यो । तालिमै मै दशै मनाए ब्यारेक मै मनाएको छु । रमाइलो हुन्छ ब्यारेकको दशै ।

कार्यलय प्रमुखबाट टीका जमरा लागाइ आशीर्वाद लिन्छौ ।आफू भन्दा जुनियर लाई टीका लागाउछौ ।खानपिन नाचगान रमाइलो हुन्छ । हरेक चाडपर्वमा घर आफन्त त मिस हुन्छ नै । आफ्नो कार्य क्षेत्र अनुसार सबैले काम गर्नु पर्छ। शान्ती सुरक्षा प्रदान गर्नु हाम्रो काम र दायित्व हो । खुशी लाग्छ जनताको सेवामा दशै मनाउन पाउदा ।


बाल्यकालमा घर बाजुरामा दशै मनाइने गरिन्थ्यो । नयाँ कपडा लगाउने, साथीहरु संग पिङ खेलेको, आफन्त संग टीका लगाउदा नयाँ नोट पाउदा सारै खुशी लाग्ने यादहरु छन् ।


यसपाली दशैको लागि सपिङ्ग अनलाइन बाट गरे । ट्राउजर सेट, क्याप, सुज, सनग्लास सबै । दशैमा अन्य समय भन्दा खानेकुराको परिकार बढी हुन्छ । मलाइ मटन कबाफ, माछाको अचार र सेल रोटि निकै मन पर्छ , मलाई घुम्न बेसि मन पर्छ त्यसैले यो बर्ष रारा घुम्न जाने योजना थियो तर कोरोनाले गर्दा समय सहज छैन ।

सुशिला निरौला – ब्यवसायी (सुदीक्षा फेन्सी सप)

बिजया दशमी तथा दिपावलिको सबै लाई मंगलमय शुभकामना भन्न चाहन्छु ।

मिठो खाने, राम्रो लाउने पर्वको रुपमा दशै पर्छ, व्यापारी सधै ब्यस्त , अझ यो समय त धेरै झनै ब्यस्त भइन्छ। दशैमा सबैले एक जोर नयाँ कपडा किन्छ्न नै । अन्य बर्षको तुलनामा व्यापार त छैन तर यो महामारीको बेला पनि यतिको ब्यापार छ हामि खुशी छौ ।

अहिले मार्केटमा जिन्स, लङमा कलर भएको वान पिस, क्रबमा हुडि, टाइ टाल टिसर्ट चलेको छ। मेरो बाल्यकाल बाँकेको खजुरामा बित्यो । नेपालगन्ज नजिकै भएकोले हामी सानै बाट सपिङ्ग गर्ने ठाउँ नेपालगन्ज नै हो ।

बाल्यकालमा हुँदाको दशैको समयमा स्कुलको लामो बिदा, नंया कपडा, पिङको निकै याद आउँछ । घरमा भन्दा पनि मामा घरमा दशैमा जादा म निकै खुसी हुन्थे । रमाइलो हुन्थ्यो ।

यो दशैमा स्पेसल बुटिकमा डिजाइन गरेको रेड सारी लगाउदै छु। रातो सानो तिलहरी, कडा, पहिलो पोते र हल्का मेकअप गर्ने छु ।

अनिशा धमला – तेस्रो लिङ्गी महिला (मिस पिङ नेपाल २०१८ फस्ट रनरअप )

ह्यापी दशै टु अल । यस पाली पनि अघिल्लो बर्ष जस्तै घर परिवार संगै दशै मनाउदै छु । साथमा हाम्रो संस्था बुलु डायमण्ड सोसाइटीमा पनि टीका लगाउछौ, खानपिन गर्छौ ।

यस दशै को सपिङ्ग धेरै गरेको छैन, घरमा सारी लागाउछु, आफन्त कहाँ जादा डिजाइन गरेको गाउन बनाएकी छु ।

म तेस्रो लिङ्गी महिला भएको १० बर्ष भयो । पहिला सानोमा केटा हुदा आमा र दिदीहरुले लगाउने कपड़ा मन पर्ने फिलिङ पुरै केटि तर समाज परिवारको डरले खुलेन अहिले आफ्नो चाहना पुरा भयो केटिको फेशनेबल कपडा-जुत्ता लगाउन पाइन्छ ।

हामीले केटालाई आकर्षित गर्ने हुदा राम्री बनेर हिडनु पर्छ । दशै अगाडि नै फेशियल र होल बडि मसाज गरि सके ।यसपालि ब्वाय फ्रेन्ड नभएर दशै खल्लो छ मलाइ ।

पोहर साल दुबै जनाले सपिङ्ग गरेको थियौ । दशैको टिका पछाडी लामो टुरमा गएका थियौ । धेरै मिस गर्दै छु ।

निशा शाह – उपाध्यक्ष -ठकुरि पत्रकार समाज नेपाल

यसपालि मेरो दशै छैन, तर पनि सबैलाई बिजया दशमीको शुभकामना ।पत्रकार हामी यो बेला पनि रिपोर्टिङ मै हुन्छौ तर समय मिल्छ घर परिवार आफन्त संग रमाइलो गरि चाडपर्व मनाउनु पर्छ ।

खानेकुराको विभिन्न परिकार आफै बनाउदा निकै खुसी हुन्छु म । मैले बनाएको मिठो कबाब सबैले मन पराउछन । दशै शुरुवात भए लगतै घर सरसफाइ, छोरिहरुलाई सपिङ अनि घरायसी सामान किनमेल गर्दा रमाइलो नै हुन्छ तर यो पानी कोभिडले सबैले सामान्य तरिकाले दशै मनाउनु पर्छ जस्तो लाग्छ । टाढा भएका आफन्त कहाँ जाने बाताबरण छैन ।

बाल्यकाल मेरो डिएसपि रोडमा बित्यो ।चोक चोकमा दुर्गा भवानीको मुर्ती, झलमल बजार , मम्मी बुवा संग सपिग गर्न गएको याद आउँछ ।

दशैमा मेरो प्राय पहिरन साधारण नै हुन्छ । आफुलाइ मनपर्ने कलरको प्रीन्टेड सारी लाउछु । हल्का मेकप ।गरगहना म खासै लगाउदैन ।

 

प्रतिक्रिया