राप्तीसोनारीमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुई र राष्ट्रिय युवा संघ नेपाल राप्तीसोनारीले शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुईको मधुवामा नेपालीहरुको महान चाड बिजया दशमी (दशै), दिपावली, छठ र मोहम्मद डेको उपलक्ष्यमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

दशैको पुर्वसन्ध्यामा नेकपा राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुई र युवा संघले राप्तीसोनारी गाउँपालिका भरी नै छरिएर रहेका सम्पुर्ण युवाहरूलाई एकत्रित हुन, भाइचारा कायम गर्न र सबैमा मेलमिलापको भावना जागृत गर्न दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको कार्यक्रमका सभापति तथा नेकपा राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुई कमिटिका अध्यक्ष समेत रहेका घनश्याम ओलिले बताएका छन् ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद कृष्णा केसी (नमुना) ले दशैको शुभकामना दिदै राप्तीसोनारी गाउँपालिकाका युवाहरुको लागी जतिसक्दो चाडो जिमको ब्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै कोभिड १९ महामारीको सुरुवाती दिनदेखी नै जनताको सेवा र उद्दारमा खटिदै आउनुभएको प्रदेश सांसद नमुनाले कोभिडकै कारण केही काम हरु गर्न ढिलाई भए पनि राप्तिसोनारी गाउँपालिका वडा नम्बर दुइ मधुवामा दुर्गा मुर्ती स्थापना गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुइका जननिर्वाचित प्रतिनिधि समेत रहेका बाँकेका युवा नेता ज्ञानु ओलिले यस्ता किसिमका कार्यक्रमले युवाहरूलाई एकजुट हुन संदेश दिने भन्दै युवाहरूलाई सकारात्मक कार्यमा लाग्नु पर्ने बताएका छन् ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल राप्तीसोनारीका संयोजक समीर बिष्टले कार्यक्रममा शुभकामना दिदै युवाहरू एकजुट भएर पालिकामा नमुना कार्य गर्नुपर्ने र जसको सुरुवात राष्ट्रिय युवा संघ राप्तिसोनारी गाउँपालिकाले गर्ने बताएका छन् ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य – रामदास थारु,
नेकपा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष श्याम बहादुर घर्ती, नेकपा राप्तीसोनारी गाउँपालिकाका सह-इन्चार्ज मन्जु रोकाय लगायतका अतिथिहरुको सहभागी रहेको कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बाँकेका जिल्ला कमिटी सदस्य सुनिल गिरिले संचालन गरेका थिए ।

 

प्रतिक्रिया