बाँके :

नेपाल राष्ट्र बैंक बाट ‘ख’ बर्गको मान्यता प्राप्त देव बिकास बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरि बाँकेको खजुरा गाउँपालिका दुई स्थित रिमझिम बजार शाखाको उद्घाटन गरेको छ ।
रिमझिम बजार शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अवकाशप्राप्त उपरथी बज्र गुरुङले गर्नुभएको थियो ।
नेपाल भर ८३ शाखा बाट सेवा प्रदान गरिरहेको देव बिकास बैंकले रिमझिम शाखाबाट केहि महिना अगाडी कारोबार शुभारम्भ गरियको थियो।
उद्घाटन कार्यक्रममा देव बिकास बैंकलाई ‘क’ बर्गको बैंक बनाउन कुमारी बैंक संग मर्ज गर्न लागिएको कार्यक्रमका सभापति तथा बैंक संचालक समितीका अध्यक्ष गुरुङले बताएका थिए ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष देविलाल शर्मा , अतिथिमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ ,बैंकका संचालक बिजय कुमार शर्मा ‘भुसाल’ , रिमझिम बजार ब्यवस्थापन समितिका अध्यक्ष मन प्रसाद रेग्मी , बैंकका शाखा प्रबन्धक वीर बहादुर ओली लगायतको सहभागीता रहेको थियो भने उद्घाटन कार्यक्रमको संचालन बैंकका कर्मचारी महेश खनालले गर्नुभएको थियो ।












