चर्चित हास्य टेलि फिल्म मेरी बास्सैमा गुलेली कान्छाको अभिनय बाट दर्सकको मन जितेका कोहलपुरका प्रकास कडेल नयाँ हास्य टेलि फिल्म निर्माणमा जुटेका छन । झम्के गुलेली नामक हास्य टेलि फिल्म निर्माण संगै प्रसारण समेत सुरु भैसकेको छ ।
समसामायिक बिषय बस्तुमा आधारित रहेर निर्माण थालियको टेलि फिल्म हप्ताको शुक्रवार समग्र इन्टेरमेमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने भयको छ ।
बाकेको कोहलपुर स्थित भरैयामै सुटिङ कैद गरिएको टेलिसिरियल प्रकाश कडेल गुलेली कान्छाको कथा लेखन तथा निर्देशन रहेको छ भने टेलि फिल्मका निर्माता रुद्र खनाल हुन ।
भुबन भट्टराईको सम्पादन रहेको टेलिसिरियलको पट कथा भने कल्पना कार्कीको रहेको छ । झम्के गुलेलीमा मुख्य भुमिका प्रकाश कडेल गुलेली कान्छाकै रहेको छ ।










