नेपालगन्ज : बाँकेको कोरोना संक्रमित निको हुने दर करिब ९० प्रतिशत आसपास रहेको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समिति बाँकेले जारी गरेको डाटा अनुसार जिल्लामा निको हुने दर ८८.७९ प्रतिशत रहेको छ ।
जिल्लामा कुल २ हजार ९ सय ९६ कोरोना संक्रमित मध्य २ हजार ६ सय ६० निको भएर घर फर्किसकेका छन् । भने आजमात्रै ३८ जना कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।
त्यस्तै दशैको अघिल्लो दिन जिल्लामा सबैभन्दा धेरै २ सय २८ जना निको भएर घर फर्किएका थिए ।
गत महिना सम्म संक्रमण दर उच्च रहेको बाँकेमा निको हुने दर कम थियो भने मृत्युदर ह्वात्तै बढेको थियो । हाल बाँकेमा मृत्युदर १ प्रतिशत रहेको छ भने रोगको प्रकोपदर ०.५० प्रतिशत रहेको छ ।











