काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् सुनील सेट्टी । उनी सन् १९९२ मा फिल्म बलवान बाट बलिउडमा प्रबेश गरेका थिए ।
सुनिलले हालसम्म एक सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । पछिल्लो समय उनी फिल्ममा भन्दा पनि बढी व्यवसायमा व्यस्त हुन थालेका छन् । उनी अभिनेता मात्र होइन सफल व्यवसायीले पनि चिनिने गर्छन् ।
खासमा उनको खेलाडी बन्ने सपना थियो तर उनी फिल्ममा अभिनय गर्न पुगे । उनले अन्तवार्तामा भन्ने गर्छन् आफुलाई कलाकार होइन क्रिकेटर बन्ने इच्छा थियो ।
अहिले उनी कलाकार मात्र होइन ठुलो व्यवसायि भएका छन् । उनका अहिले रेष्टुरेन्ट, क्लब र एडभन्चर पार्क छन् । उनले घर जग्गामा पनि लगानी गरेका छन् । उनको प्रोडक्सन हाउस पनि रहेको बताइएको छ ।
यसको नाम उनले ‘पापकार्न एन्टरनमेन्ट’ राखेका छन् । उनको आधिकारीक जानकारी नभएपनि उनले वर्षमा १ सय करोड भन्दा बढी कमाउने बताइएको छ ।











