काठमाडौं – ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को टिजर सार्वजनिक भएको छ।

राजामौलीको निर्देशनमा बनेको यस फिल्मको टिजरमा अभिनेता एनटिआर जुनियरलाई फरक अबतारमा देखिएको छ । टिजर एनटिआरको जन्मदिनमा सार्वजनिक गर्ने भनिएको थियो तर लकडाउनका कारण ढिलो सार्वजनिक भयो ।

फिल्ममा एनटिआरसँगै रामचरण, आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्म ४ सय ५० करोड भारूमा निर्माण हुन लागेको हो । महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ ।














