काठमाडौं – मानिसहरुलाई महँगो चीजहरु लगाउन रहर हुन्छ । धनि मानिसहरुले महँगो पहिरन लगाएर हिड्ने गर्छन् । तर गरिबले रहर भएर पनि महँगो किनेर लगाउन सक्दैनन् ।
धनि मानिसले लगाएका एउटा सानो परिहरको पैसाले गरिबले धेरै छाक टार्न सक्छ । भनिन्छ नी, धनी मानिसहरु सुनको थालमा खान्छन्, सुनकै विस्तारामा सुत्छन् । यस्तै निक कैननले धेरै महँगो पहिरनहरु लगाउने गर्छिन् ।
एक रियालिटी टिवी शोमा उनले लगाएको महँगो जुत्ताको निकै चर्चा भएको थियो । उनले लगाएको उक्त महँगो जुत्ताको मूल्य १३.३६ करोड भारतिय रुपैयाँ रहेको बताइएको छ । उनले लगाएको महँगो जुत्ताको पैसाले धेरै राम्रो कार किन्न नै पुग्छ ।
टाम फोर्ड शुजको जैसन अराशेबेनले तयार गरेको यो जुत्तामा हिरा जडान गरिएको छ । यसमा १४ हजार सेतो हिरा, सेतो सुन बेसमा प्रयोग गरिएको बताइएको छ । यो संयुक्त अरब अमीरतमा विश्वकै सबैभन्दा महंगो जुत्ताको रुपमा लन्च पनि भएको थियो ।









