काठमाडौं – भक्तपुरमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्यबिनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा परि घाइते भएका ५० वर्षीय राम सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।










