नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर उपनगरपालिका वडा नम्बर ९ का ४८ बर्षका पुरुष रहेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
बाँकेमा यो भन्दा अगाडी अन्य जिल्ला बाट उपचार गराउन आएका २० जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।











