नेपालगन्ज : बाँके प्रहरीले नागमणी दिने भनी ठगी गर्ने समुहलाई पक्राउ गरेको छ ।
ठगी गर्ने समुहले दाङ घोराही उप-महानगरपालिका वडा नं.१७ बस्ने माधव प्रसाद घिमिरेलाई हामी संग बहुमुल्य नागमणी छ र उक्त नागमणी आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बाँस हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सु:खशान्ती, सम्बृद्धी हुन्छ भनि प्रलोभनमा पारी एक करोड उनानब्ये लाख पचास हजार ठगी गरेको हो ।
ठगी गर्ने समुहमा दैलेख नौमुले गा.पा.वडा नं. ४ वस्ने धन बहादुर रोका, जिल्ला सल्यान कुमाख गा.पा.वडा नं. ५ वस्ने कृष्ण शाह र शारदा न.पा.वडा नं. ९ बस्ने डिल्ली बहादुर बोहरालाई बाँके प्रहरीले १५ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एक बाट पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुबट ठगी गरि लिएको नगद रु ४०,००,००। – ( चालिस लाख) सहित पक्राउ गरि अनुसन्धान भईरहेको जनाएको छ ।











