नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरबाट प्रहरीले १० किलो ४०० ग्राम अफिम सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
बिहीवार बाँके, खजुरा गा.पा.वडा नं. ८ रनियापुर स्थित लागु औषध अफिमको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलिले १० केजि अफिम सहित चुनिचादे गाउँपालिका वडा नम्बर दुई जाजरकोटका तिलक बहादुर शाहीलाई पक्राउ गरेको हो ।
शाहिले रातो बि क्लाउड लेखिएको झोला भित्र सेतो प्लाष्टिक भित्र ११ वटा पेटी बनाई राखेको अवस्थामा रहेको गिलो लागु औष’ध अफिम १० किलो ४०० ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।











