पटका बरामद

नेपालगन्ज : नजिकिदै गरेको दिपावली (तिहार) मा मनोरन्जनको नाममा प्रयोग हुने पटका भारतबाट अवैध रुपमा ल्याउदै गरेका बेवारिसे पटका बाँके प्रहरीले बरामद गरि नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहले नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह गाँउ स्थित भारतबाट नेपाल तर्फ ल्याउदै गरेको वेवारिसे अवस्थामा रहेको पटका ९ पेटी पटका फेला पारी बरामद गरी नष्ट गरेको हो ।


बाँके प्रहरीले चाडपर्वमा पटका तथा पटका जन्य पदार्थ नेपालमा भित्राउने खतरालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागु गरि सिमा नाकामा चेकजाँचको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया