नेपालगन्ज : शुक्रवार एकैदिन बाँकेमा उपचारार्थ ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमित तुलसीपुर ५ दाङ निवासी ७६ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा आज साँझ ६:४० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
आज शुक्रबार मात्रै बाँकेका १ , दाङका २ र कैलालीका १ गरी ४ जना संक्रमितको मृत्यु भएको छ ।











