करुणा शाह (महारानी)
नेपालगन्ज : बिगत ३ बर्ष देखी रिलेशनमा रहेका २० वर्षिया बिन्रम र १८ वर्षिय संगीता (नाम परिवर्तित) शारीरिक सम्पर्कमा छन् , तर कहिलेकाहीँ उनिहरुमा शारीरिक सम्पर्कले गर्दा तनाव उत्पन्न हुने गरेको उनीहरु बताउछन ।
असुरक्षित सम्पर्कमा पुरुष भन्दा महिलाले सजगता बढी उपनाउने हुदा उनिहरुमा तनाव उत्पन्न हुने संगीता बताउछिन । उनका अनुसार केटाहरुले सन्तुष्टि नमिल्ने भनेर कन्डम प्रयोग गर्न मान्दैनन अनि सुरक्षित हुनुका लागि हामीले औषधिको प्रयोग गर्नु पर्छ ।
अहिले पनि केटि या महिलाले खुल्ला रुपमा परिवार नियोजनको साधन किन्दा पसलेले नै फरक नजरले हेर्ने अवस्था छ त्यसैले पनि त्यस्ता साधान पुरुषले आफै किनेर ल्याउने गर्छ्न ।
परिवर्तित समयका छ, करिब ८५ % किशोर किशोरी आजभोली शारीरिक सम्पर्कको अनुभव लिसकेको बिभिन्न तथ्यांकले देखाउने गर्छ ।
किशोर अवस्थामा शारिरिक सम्पर्कमा रमाइरहेका जोडि लाइ असुरक्षित यौन सम्पर्कले कहिलेकाही नचाहदा गर्भ बस्दा समस्यामा पनि पार्दछ ।
परिवार नियोजनको अस्थाइ साधन प्रोमोट गर्ने र बितरण गर्ने नेपाल सि आर एस कम्पनी हो । सि .आर .एस क्षेत्रीय कार्यलयका अधिकृत भोजबहादुर चन्दका अनुसार सि .आर .एस कम्पनीले पुरुषले प्रयोग गर्ने विभिन्न नामका कन्डम डिस्ट्रीब्युटर्स मार्फत बिक्री गर्ने गर्दछ। बार्षिक २५ लाख देखी ३२ लाखसम्म पुरुषले प्रयोग गर्ने अस्थाइ साधन बिक्री हुनेगरेको चन्द बताउछ्न ।उनका अनुसार सिआरएसका ब्राण्डहरु ४० बर्षबाट प्रयोग हुँदै आएको छ र सुरक्षित सम्पर्कको लागि अनिवार्य र धेरै को रोजाइ रहेको छ ।

नेपालगन्ज मेडिकल शिक्षण अस्पताल नजिक रहेको अनुरोधा फार्मेसी एवम् मेडिकलका संचालक दिनेश बिस्टका अनुसार कण्डम प्रयोगका हिसाबले पहिले भन्दा धेरै फरक छ । बिबाहित भन्दा पनि टिन एजका ग्राहक धेरै छन् । युवतीहरु पनि संकोच नमानेरै आफुलाइ चाहिने साधन लिन्छ्न यो एकदै राम्रो पनि हो ।
किनकि असुरक्षित यौन सम्पर्कबाट बच्ने, यौन रोगबाट बच्ने साथै कहि कतै असुरक्षित गर्भ हुन्छ कि भन्ने डर बाट पनि ढुक्क हुनाले पनि युबा युवतीहरु अहिले खुलेका छन् ।
पुरुषले प्रयोग गर्ने कन्डम मा कोब्रा, जोडी, ढाल, म्याक्स, प्यानथर, डुरेक्स छ्न । यौन सम्पर्क गर्दा कुनै साधन प्रयोग नगरेको खण्डमा महिलाको लागि इ कोन जुन ३ दिन भित्रमा खानु पर्छ , अर्को निलोकन ह्वाइट जुन ५ दिन भित्र खादा गर्ब रहदैन । बिबाहित महिलाले भने जन्मान्तरको लागि प्रयोग गर्ने संगीनि सुइ , कपर्टी र सुनौलो गुलाफ हो ।
वरिष्ठ फिजिसियन एवम् एचआइभि फोकल पर्सन डा.संकेत रिसालका अनुसार बिबाहित भन्दा अबिबाहितमा अस्थाइ साधनको प्रयोग बढी हुने गरेको देखिन्छ ।
कन्डम परिवार नियोजनको अस्थाइ साधन हो यस्लाइ सहि तरिकाले प्रयोग गर्नु अनिवार्य छ। अविवाहितहरु असुरक्षित गर्ब नरहोस भनेर प्रयोग गर्छ्न भने बिबाहित ले जन्मान्तरको लागि प्रयोग गर्छ्न । यसको प्रयोगले रोग लाग्नबाट समेत बचाउछ । कन्डमको प्रयोग नगरी यौन सम्पर्क गर्दा पुरुष भन्दा महिलालाई बढी चिन्ता हुन्छ । गर्भ रहे के गर्ने ? भन्ने चिन्ता धेरै महिलालाई हुन्छ ।
तर सानै उमेरमा बढी साधन प्रयोग गर्ने तथा औषधीको सेवनले बिबाह पछि केही समस्या हुने गर्दछ । डा रिसालका अनुसार आफ्नो पाटरर कस्तो छ बुझनु पर्छ । यौन रोग सर्ने हुन्छ । जहिले पनि सुरक्षित तरिकाले शारीरिक सम्पर्क गर्दा दुबै लाई फाइदा हुन्छ । सुरक्षित शारीरिक सम्पर्कको लागि दोहरो सुरक्षा र सन्तुष्टि को लागि , जन्मान्ततर को लागि जहिले पनि अनिवार्य कन्डमको प्रयोग गरौ । २६ औ कन्डम दिवसको शुभकामना ।
भोलि शनिबार २६ औ राष्ट्रिय कन्डम दिवस नेपालमा मनाइदै छ। नेपालमा बिगत २५ बर्षबाट दिवस मनाउदै आएको छ । नेपालगन्ज उपमाहानगरपालिकाको आयोजाना र पश्चिमतारा नेपाल ए. एच .एफ .को सहकार्यमा भोलि नेपालगन्जमा कण्डम दिवस मानाउन लागेको पश्चिम्तारा नेपालका कार्यक्रम संयोजन परिना चौधरीले बताइन ।
दिवसमा कण्डमको प्रोमोसनका साथै कण्डम फुलाउने प्रतियोगिता हुने र प्रथमले पुरुस्कार पनि पाउने परिनाले जानकारी दिइन ।
(यो रिपोर्ट नागरिक समाजको लागी कण्डम दिवसको लागी नेपालगन्जका पत्रकार करुणा शाह (महारानी)ले तयार पार्नुभएको हो)











