राजसंस्था पुनःस्थापनाको माग गर्दै कोहलपुरमा प्रदर्शन

नेपालगन्ज : कोहलपुरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै राजा समर्थकद्वारा प्रदर्शन गरिएको छ ।

शनिबार कोहलपुरमा राजा समर्थक युवाहरुले मोटरसाईकल ¥याली सहित प्रदर्शन गरी संघीयता खारेजीको माग सहित राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र राष्ट्रवादी अभिायनको आयोजनामा कोहलपुरमा मोटरसाईल ¥याली प्रदर्शन गरिएको हो । शाही युवा शक्तिको केन्द्रिय सदस्य समेत रहेका अर्जुन जंग शाहीले तिहार पछि अझ बृहत रुपमा प्रदर्शन गरिने उद्घोष गरेका छन् ।

हेर्नुस् केही तस्वीर

प्रतिक्रिया