नेपालगन्ज :कोरोना कहरका कारण देशमा लकडाउन गरिए संगै बन्द रहेका धार्मिक महत्त्व बोकेका शक्तिपिठहरु अझै खुल्न सकेका छैनन् । यो संगै सिनेमाहल र धार्मिक महत्त्व बोकेका मन्दिरहरु मात्रै नखुल्नु आफैइमा बिरोधाभाष रहेको भन्दै बिरोधको स्वरहरु आउन थालेको छ ।
नेपालकै प्रसिद्ध शक्तिपिठको रुपमा परिचित रहेको नेपालगन्जको बागेश्वरी मन्दिर अझै खुल्न सकेको छैन । धार्मिक आस्था बोकेका भक्तालुहरु मुल गेटबाट नै दर्शन गरि फर्किने गरेका छन् भने यता सरकार / प्रशासन मन्दिर खोल्ने बिषयमा अझै कुनै निर्णयमा पुग्न सकेको छैन ।
यता मन्दिर खोल्नु पर्ने भन्दै बेलाबखत धार्मिक संगठन तथा नागरिक समाजले अनुरोध गर्दै आएका छन् भने बाकेका स्थानिय नेता देखि नागरिक समाजले मन्दिर खोल्नु पर्ने भन्दै सार्वजनिक रुपमै आफ्नो धारणा राख्दै आएका छन् ।
नेपाली कांग्रेसका नेता सुधान्सु कोइरालाले सरकारले सवै क्षेत्र खुला गरेपनि हिन्दुहरुको मठ मन्दिर लगायत अन्य धार्मिक क्षेत्र अहिलेसम्म बन्द गरेको भन्दै टिप्पणी गरेका छन् ।
नेता कोइरालाले सामाजिक संजालमा आफ्नो धारण राख्दै हिन्दुहरुको मठ, मन्दिर लगायत अन्य धार्मिक स्थल अझै बन्द गरिएकोप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस बाँके जिल्लाका सदस्य समेत रहेका युवा नेता कोइराला लेख्छन् ,’ कुनै बेला बिश्वमा एक मात्र हिन्दु राष्ट्रको रुपमा परिचय बोकेको नेपालमा अहिले सबै धर्मका प्रवेश द्वार खुल्दै गर्दा कोरोनाको नाममा सरकारबाट हिन्दुहरु को मठ मन्दिरमा ताला लगाइनु दुर्भाग्यपूर्ण !’
बाँकेमा सिनेमा हल र धार्मिक मठ मन्दिरहरु मात्रै बन्द रहदा बाँकेबासिहरु मन्दिर नखोलेको भन्दै खुलेर बिरोध समेत गर्दै आएका छन् । जिल्लामा रेस्टुरेन्ट, फन पार्क, राजनैतिक कार्यक्रम, संघसंगठनका कार्यक्रम र बजारको दृश्यहरु तथा चाडपर्वमा अत्यासलाग्दो भिड हुने गरे पनि ब्यवस्थित गरेर मन्दिर खोल्नेमा भने स्थानिय प्रशासन र सरकार मौन रहेको छ ।












