टिप्पणी
रामु ओली /नेपालगन्ज : नेपालगन्ज धार्मिक, आर्थिक तथा एतिहासिक रुपले महत्त्व बोकेको शहर हो । नेपालगन्जलाई चिनाउने कयौं कुराहरू नेपालगन्जको इतिहास संग जोडिएको छ । नेपालगन्जको स्थानिय खानपिन संग जोडिएको छ । नेपालगन्जको आर्थिक चहलपहल संग जोडिएको छ अनि नेपालगन्जको धार्मिक महत्त्व र धार्मिक सद्भाव संग जोडिएको छ । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर, अनि बागेश्वरी परिसरमा रहेको जुङ्गे महादेवको मुर्तीको आफ्नै पहिचान र धार्मिक आस्था बोकेको छ ।
कोरोना कहर संगै बन्द रहेका धार्मिकस्थल मध्य एक नेपालगन्जको बागेश्वरी मन्दिर पनि एक हो, जो अहिले सम्म खुलेको छैन । दशैमा बागेश्वरी मन्दिर खुल्ने आशा गरेका नेपालगन्जबासीले अहिले भने मन्दिर खोल्न गरिएको ढिलाई प्रती आपत्ति जनाउदै आएका छन् ।
नेपालगन्जमा ठुला लगानिका ठुला फनपार्कहरु एक पछि अर्को गर्दै खुलेको बेला भने बागेश्वरी मन्दिर कहिले खुल्ला भनेर नेपालगन्जबासीले बाटो कुरेका छन् ।
बागेश्वरी मन्दिर खोलेर उचित ब्यवस्थापन गर्ने हो भने कोरोना कहरमा भए पनि धार्मिक आस्था बोक्नेहरुका लागि खुसी पक्कै मिल्ने थियो ।
नेपालगन्जका होटेलहरु खुलेका छन् , रेस्टुरेन्टमा हेर्ने हो भने खचाखच भिड जताततै देख्न सकिन्छ, एक पछि अर्को गर्दै इभेन्ट पनि घोषणा हुने क्रममा रहेका छन्, मानिसहरूको स्वभाबिक भिड रहने फन पार्कहरु समेत खुल्दै गर्दा धार्मिक शक्तिपिठ मात्रै बन्द भैरहदा सरकार र प्रशासन प्रती सहि संदेश प्रवाह नहुने आकलन गरिएको छ ।
उता नेपालगन्ज बजार, ब्यवसाय , कार्यक्रम तथा राजनैतिक दलका कार्यक्रम समेत भैरहदा कोरोना कहरको कारण मात्रै देखाई धार्मिक आस्थाका केन्द्रहरु बन्द गरिदा बाँकेबासीले आफ्ना तिक्तताहरु सामाजिक संजालमा समेत पोख्दै आएका छन् ।
राजनैतिक दलले विभिन्न कार्यक्रम (सभा, भेला, गाउँ तथा वडा कमिटी गठन, पार्टी प्रवेशका कार्यक्रम) गरिरहेका छन् भने विभिन्न संघसंगठनका कार्यक्रम सेमिनार गोष्टि जस्ता कार्यक्रम समेत भैरहेका छन् भने बजारको भिड र सिमानाकामा देखिने दृश्य कुनै आन्दोलनको जनमानस भन्दा कम देखिदैन तर पनि धार्मिक आस्थाका केन्द्रहरुलाई बन्द गर्दै गर्दा स्थानिय नेता तथा युवाहरुले प्रश्न गर्दै आएका छन् ।
नेपाली कांग्रेसका नेता सुधान्सु कोइरालाले सरकारले सवै क्षेत्र खुला गरेपनि हिन्दुहरुको मठ मन्दिर लगायत अन्य धार्मिक क्षेत्र अहिलेसम्म बन्द गरेको भन्दै टिप्पणी गरेका छन् ।
नेता कोइरालाले सामाजिक संजालमा आफ्नो धारण राख्दै हिन्दुहरुको मठ, मन्दिर लगायत अन्य धार्मिक स्थल अझै बन्द गरिएकोप्रति आपत्ति समेत जनाइ सकेका छन ।
कोरोना कहर सकिएको छैन , कोरोना कहरले पिक लिदै गर्दा हामी सबै सचेत र सजग हुनुपर्ने हुन्छ । हामिले आफू संगै आफ्ना र आफ्नो वरिपरिका सबैलाई सजग भने गराउनु नै छ तर सबै क्षेत्र निर्वाद रुपमा खुल्दै गर्दा धार्मिक आस्थाका केन्द्रलाई पनि ब्यवस्थित र केही प्रोटोकल लागू गरेर खुल्ला गर्न सकिन्छ कि भन्ने बिषयमा छलफल र गृहकार्य गर्न सके पक्कै राम्रो हुने थियो ।











