नेपालगन्जको ट्राफिक व्यवस्था अस्तव्यस्त: कमाउ धन्दामा ट्राफिक प्रहरी, उदासीन उपमहानगर

नेपालगंज : ट्राफिक प्रहरीलाई बेलाबेलामा कमाउ धन्दामा लागेको आरोप नौलो होइन, नेपालगन्जमा फेरी त्यहि आरोपको स्वरहरु एक पटक सुनिन थालेको छ  ।

बाँकेको एक मात्र उपमहानगपालिका नेपालगंजको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको बेलामा ट्राफिक प्रहरि ट्राफिक व्यवस्थापनमा नभई  बजारमा चेकजाँचको बहानामा पैसा असुली धन्दामा लागेको आरोप लाग्न सुरु भएको  छ  ।

बाँकेका विभिन्न स्थान संगै नेपालगंजका यही स्थानमा कागजपत्र चेकजाँच गर्दै गर्दा ट्राफिक प्रहरिले बजारको अस्तव्यस्त रहेको ट्राफिक व्यवस्थापन, अव्यवस्थित पार्किंग र त्यसले सर्वसाधारणलाई पारेको असर र हुनसक्ने दुर्घटनाको विषयमा भने कुनै कदम चाल्न सकेको छैन  ।

नेपालगंजका अति भिडभाड रहने धम्बोझी चोक, त्रिभुवन चोक, बिपी चोक, अस्पताल रोड र भेरी अस्पताल छेउछाउ, गणेशमान चोक देखी वेस्टर्न हस्पिटल जाने बाटोमा अस्तब्यस्त कार तथा इरिक्सा पार्किङ अनि त्यसैकारण उत्पन्न ट्राफिक जाम सामान्य जस्तो लाग्न थलिसकेको छ । अनि तिनै चोक तथा स्थानमा ट्राफिक प्रहरी देख्न समेत मुस्किल हुने गर्छ भने ट्राफिक व्यवस्थापनामा सहजताको लागि निर्माण गरिएको ट्राफिक बुथ समेत खालि रहने गर्छन  । ट्राफिक बुथमा नत प्रहरी हुन्छन नत ट्राफिक व्यवस्थापन नै मिलाउने कोसिसमा हुन्छन  ।

मंगलबार गणेशमान चोक देखी वेस्टर्न हस्पिटल सम्म लागेको लामबद्द सवारीसाधनले करिब १० मिनेट जति समय एक एम्बुलेन्सलाई रोकिदियो । त्यो अस्तब्यस्त ट्राफिक समस्या समाधान गर्न नत प्रहरी थिए न कोहि देखिए ।

मंगलबारकै त्रीवेणी मोड अर्को दृश्यले नेपालगन्जको अब्यवस्थित पार्किङ र त्यसको समाधानको लागि भुमिका खेल्ने ट्राफिक प्रहरी र उपमहानगरपालिकाको उदासिनता छरपस्ट देखियो । न्युरोड देखिको ट्राफिक भिड त्रिभुवन चोक सम्म उस्तै थियो । कारण छेउछाउमा पार्क गरिएका अव्यवस्थित सवारीसाधन पार्किङ ।

यी र यस्ता घटना प्रतिनिधिमुलक मात्रै हुन् । नेपालगन्जमा ट्राफिक ब्यवस्थापनमा नत प्रहरीको चासो देखिन्छ नत उपमहानगरपालिकाको नै ।

साँझको समयमा बागेश्वरी हाल रोड देखि सुर्खेत रोड जाने बाटोमा अस्तव्यस्त गाडी पार्किंग कै कारण लामो ट्राफिक हुने गरे पनि ट्राफिक प्रहरीले त्यसको समाधान हुने कुनै कदम चालेको देखिदैन भने शहरको बिभिन्न स्थानमा इरिक्सा जथाभाबी पार्किंग गर्ने र जथाभाबी रुपमा बाटो ओगट्ने गरेकै कारण कयौ दुर्घटना हुदा पनि त्यसको समाधानमा ट्राफिक प्रहरीले कुनै तदारुकता नदेखाउने गरेको र दैनिक जसो कागजपत्र चेकजाँच गर्ने बहानामा कमाउ धन्दामा लागेको आरोप छ  ।

प्रतिक्रिया