सुर्खेत : कर्णाली प्रदेशमा कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरि उत्पादन तथा उघम गर्न चाहानेहरुका सहुलियत ऋण उपलव्ध गराइने भएको छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका १८ शाखाहरुवाट कृषि विकास वैङ्क मार्फत २ प्रतिशत वार्षिक व्याजदर ऋण उपलब्ध गराउने गरि प्रदेश सरकारले आज सम्झौता गरेको हो । आज एक कार्यक्रमका विच कृषि विकास बैंकसंग मन्त्रालयको सम्झौता भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि विमला केसीले जानकारी दिनुभयो ।
सम्झौता पछी मन्त्रि केसीले सहुलियत ऋण प्रयोग गरि कृषिमा क्रान्ति ल्याउन कर्णालीबासीलाई लागि पर्न आग्रह गर्नुभएको छ । मन्त्रि केसीले अवसरको सकारात्मक प्रयोग गरेर आफुसगै समाजमा कृषि क्रान्ति गर्न अनुरोध गर्नुभयो ।
उहाँले कृषि क्षेत्रवाट कर्णालीलाई समृद्ध तुल्याउन सहकार्य तथा सहयोग गर्न मन्त्रालय सधै तयार रहेको बताउनुभयो ।










