फोहोरमा पनि लुट मच्चाउँदै नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज : बाँकेको नेपालगन्जमा फोहोर व्यवस्थापनका निहुँमा नगरबासीबाट मोटो रकम असुली अभियान थालनी भएको छ । नेपालगन्ज उपमहनागरपालिकाको आयोजना र स्वच्छ नेपाल हाम्रो अभियान नाम गैरसरकारी संस्थाको सक्रियतामा नेपालगन्ज उपमहनागरपालिका क्षेत्रका विभिन्न वडामा रकम असुली अभियान थालनी भएको स्थानीय बताउँछन् ।

उपमहनागरपालिकाको वडा नम्बर १० को बिशेष पहलमा शुरूवात गरिएको भनिएको उक्त अभियान यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रका धेरै वडामा थालिएको छ ।

व्यवसायी र स्थानीय बासीले हुँदैन हामी हाम्रो घरको फोहोर आफै व्यवस्थापन गछौेंं भन्दा पनि अभियानमाा खटिएका कर्मचारीले मासिक तीन सय रूपैया असुलीका लागि जर्बरजस्ती सदस्य बनाउँने गरेको व्यवसायीले बताएका छन् ।

व्यवसयी तथा स्थानीय नागरिकलाई उक्त अभियानका बारे परामर्शबिनै स्वच्छ नेपाल हाम्रो अभियानका कर्मचारीले सेवा शुल्क वापतको कार्ड भिडाउने र उक्त कार्ड वापत ५० रूपैयाँ लिने गरेका छन् । उक्त कार्डमा फोहोर व्यवस्थापन वापतकोम मासिक तीन सय नियमित तिर्नपर्ने उल्लेख गरिएको छ ।

साना तथा मझौला व्यवसायीले उक्त रकम एकदमै धेरै र महँगो भएको गुनासो गरेका छन् । तर, उनीहरूको गुनासो उपमहनागरपालिका र अभियान सञ्चालनमा सक्रिय स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थाले अहिले पनि सुनुवाई गरेको देखिदैन् ।

अभियानका कर्मचारीले यसरी उपमहनागर क्षेत्रका विभिन्न वडाका नागरिक, स्थानीयबासी र व्यवसायीलाई सदस्य बनाउँदै एउटा बाल्टिन उपलब्ध गराउँदै आएको सुर्खेतरोडका व्यवसायी सरोज थापा बताउँछन् ।

तर, उक्त अभियानका बारे नेपालगन्ज उपमहनागरपालिका स्वच्छ नेपाल हाम्रो अभियान तथा वडा नम्बर १० ले यसअघि कार्यक्रमको लक्ष्य उद्देश्य र यसको प्रभावकारीताका बारे सञ्चारमाध्यम तथा नागरिक समाजका अगुवालाई जानकारी तथा कुनैपनि प्रतिक्रिया दिएका छैनन । अहिले पनि उक्त अभियानका बारे उपमहनागरपालिकामा बुझदा पालिकाका जनप्रतिनिधी तथा कर्मचारीले कुनै प्रतिक्रिया दिएनन् । इसेतोखरिको सहयोगमा

प्रतिक्रिया