नेपालगन्ज : नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा नेपालगन्जमा रोनकता छाएको छ। साँझ परेसंगै दिपावली बत्तिले नेपालगन्ज शहर सजिएको दृश्य देख्न सकिन्छ।
त्यस्तै, दिउँसोको समयमा तिहारका लागि चाहिने आवश्यक सामाग्री बेच्न राखिएको दृश्यहरुले झन तिहारको रौनकता थपेको छन् ।
कोरोनाका कारण देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएपनि तिहारका सामाग्री अनि झिलिमिलि दिपावली बत्तिले भने तिहारको रमझम भान गराउँछ। तिहारको रौनकता तस्वीरमा हेर्नुस्















