नेपालगन्ज : नेपाल सास्कृतिक कलाकर्मि सङ्घको आयोजनामा तिहार बिशेष शुभकामना एवम् सास्कृतिक कार्यक्रम जूम एप मार्फत हुने भएको छ ।
शुक्रवार बेलुका ६ बजे देखि सुरु हुने देउसी भैलो कार्यक्रममा सहभागी हुनेले जुम मार्फत जोडिन सक्ने संघले जनाएको छ ।
कोरोना संक्रमणको कारण देखाउदै चाडपर्व मनाउदा भिडभाड नगर्ने र स्वास्थ्य प्रोटोकल अपनाउन सरकार र स्थानिय तहले आव्हान गरिरहेको बेला नेपाल सास्कृतिक कलाकर्मी संघले जुम मार्फत तिहार विशेष कार्यक्रम गर्न लागेको छ ।









