रेडियोबाट प्रत्यक्ष प्रसारण गरि कृषि ज्ञान केन्द्र बाँकेको वार्षिक कार्यक्रम सार्वजनिक

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष २०७७/८८ को वार्षिक कार्यक्रम स्थानीय रेडियोहरुबाट एकैसाथ प्रत्यक्ष प्रसारण गरि सार्वजनिक गरेको छ।

कोरोना कहरका बीच धेरै सहभागी उपस्थित गराउन नसकिने भएको भन्दै ज्ञान केन्द्र बाँकेले स्थानीय रेडियो र पत्रकार भेटघाट गरि सन्चार माध्यमद्वारा वार्षिक कार्यक्रमको सार्वजनिक गरेको हो।

ज्ञान केन्द्रले १४ करोड ५५ लाख १४ हजार बजेट प्रस्तुत गरेको हो। ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा सन्चालन गर्ने कार्यक्रमहरु स्मार्ट कृषि गाउँ, लसुन तथा प्याज मिसन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको पकेट विकास कार्यक्रम, ब्लक विकास कार्यक्रम , स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम रहेका छन् ।

त्यस्तै, यस् आर्थिक वर्षमा सुरु हुने कार्यक्रममा रोड कोरिडोर सडक मार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, आलु तथा मकै अभियानमुखी उत्पादन कार्यक्रम , बीउ भण्डारण पुर्वाधार निर्माण , कस्टम हायरिंग सेन्टर निर्माण ,कृषि पर्यटन प्रबर्द्धन कार्यक्रम , हरित स्वयंसेवक परिचालन तथा सुलभ कर्जा सहजीकरण र बजारमुखी धान उत्पादन प्रबर्द्धन कार्यक्रम लगायतका रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए।

बागवानी विकास अधिकृत शम्भुनाथ , कृषि प्रसार अधिकृत शारदा ज्ञवाली, कृषि अधिकृत दिनेश भट्टराई , पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, लगायत जिल्लाका १५ जना पत्रकारहरुको सार्वजनिक कार्यक्रममा सहभागी रहेको थियो।

प्रतिक्रिया