हिजो परेको अविरल बर्षाका कारण बाँकेका किसान मर्कामा , ठूलो नोक्सानी

हिजो विहानै देखि परेको अविरल बर्षाका कारण बाँकेका किसानहरुले ठुलो नोक्सानि बेहोर्न परेको छ ।

लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकता भन्दा धेरै पानि जमेर नोक्सानी पु¥याएको हो । बाँकेका पानि जम्ने अधिकास खेतमा लगाइएको बालिमा ९० प्रतिशत बढि क्षति पुगेको स्वयम किसानहरुले बताएका छन । भने उच्चा स्थानमा लगाएको बालिका ३० ४० प्रतिशत सम्म नोक्सानि पुगाएको सितापुरका किसान यम बहादुर महतराले जानकारी दिनुभयो ।

उहाँले किसानको खेतबारीमा ठुलो नोक्सानि हुदाँ समेत कृषि ज्ञान केन्द्रले उदासिनता देखाएको गुनासो गर्नुभएको छ । बाँकेको ८ वटै स्थानिय तहका किसानहरुलाई बर्षभरी खान लगाइएको बालिलाई एकैदिन परेको पानिले नोक्सानि पारेपछि यो वर्ष दलहन तथा तेलहन बालिको उत्पादन घट्ने बालि बैज्ञानिक रामदास चौधरीले बताउनुभयो ।

यता कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जमेको पानि कटाउन सकिए नोक्सानि कम हुने प्रतिक्रिया दिनुभयो । उहाँले घाम लागीरहेकाले गहुँ बालिमा भने कम नोक्सानी हुने बताउनुभयो । अन्य दलहन , तेलहन तथा तरकारीमा भने केहि बढि नोक्सानि हुन सक्ने अनुमान गनुभएको छ ।

प्रतिक्रिया