डा. पारस श्रेष्ठ

दीर्घकालीन मृगौला रोग भनेको मृगौलामा तीन महिना वा सो भन्दा बढी समय देखी क्षतिको अवस्था हुनु अथवा मृगौलाको कार्यक्षमता ह्रास हुनु हो ।
मृगौलाको कार्य क्षमता १५ प्रतिशत भन्दा कम हुँदा दीर्घकालीन मृगौला रोगले मृगौला विफल (Kidney Failure) वा मृगौलाको अन्तिम अवस्था जसलाई ( End Stage Renal Disease ) पनि भनिन्छ ।
दीर्घकालीन मृगौला रोग हुने कारणहरु उच्च रक्तचाप र मधुमेह हो । कहिले काहीं मृगौला सुन्निने रोग पनि ( Chronic Glomerular Nephritis ) हो ।
साधारणतया निरोगी मृगौलाले रगतमा भएका फोहर , अतिरिक्त पानीहरुलाई फिल्टर गरि पिसाबबाट बाहिर फाल्ने काम गर्दछ । तर मृगौला रोग लागेको बेला यिनै बिकारहरु शरीर भित्र जम्मा हुन थाल्दछ ।
मृगौला रोगको सुरुवाती चरणमा खासै लक्षणहरु देखिदैनन् । यसको लक्षणहरु प्रायः मृगौलामा धेरै जटिलताहरु आएपछि मात्रै देखिन्छन् । तसर्थ , समय समयमा स्वास्थ परिक्षण गरि राख्नु नै उत्तम हुनेछ ।
परिक्षण
मृगौला रोगको परिक्षण Blood Pressure , Urin Test र GFR (Glomerular filtration rate ) को परिक्षण बाट गरिन्छ ।
Urin Test ( पिसाबको परिक्षण ) बाट Creatinine Albumia , रगत र प्रोटिनको मात्रा परिक्षण गरिन्छ । GRF चाहिँ तपाइँको पिसाबको परिक्षण नतिजा , उमेर , तौलको आधारमा पत्ता लगाइन्छ ।

दीर्घकालीन मृगौला रोग भनेको प्रोटिनयुक्त पदार्थ प्रत्यक २४ घण्टामा ३०० mg भन्दा बढी पिसाबद्वारा निष्काशन हुनु हो । अनुपातमा Creatinine 200mg भन्दा बढी Albumin हुनु हो ।
दीर्घकालीन मृगौला रोगका लक्षणहरु:
- शरीरका अंगहरु खासगरी हात , खुट्टा , अनुसार सुन्निने ।
- रक्तअल्पत्ताले गर्दा हिड्दा सास बढ्ने र थकान महसुस हुने ।
- वाकवाकी लाग्ने तथा खानामा रुचि कम हुँदै जाने ।
- रक्तचाप बढ्दै जाने ।
- रातको समयमा खुट्टाको मासु गल्ने र फर्किने ।
- छाला सुख्खा र चिलाउने ।
दीर्घकालीन मृगौला रोगका जटिलताहरु
- हृदय रोगको जोखिम
- मुटुमा तनाव
- रगतमा बोसोको मात्रा बढ्नु
- रगत जम्नु
दीर्घकालीन मृगौला रोगको उपचार
- रक्तचापको नियन्त्रण
- मधुमेहको नियन्त्रण
- नुन कम खाने
- झोल कुरा कम खाने
- रगत बढाउने सुई (Etythropoietin)
- चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग
- डायलाइसिस ( हप्तामा २ पटक )
- मृगौला प्रत्यारोपण
- कन्जरभेटिव उपचार










