नेपालगन्ज : बाँकेको नेपालगन्जमा तिहारको बेला खपत हुने फुलको माला अभाव भएको छ । गत वर्ष तिहारको बेलामा विभिन्न चोकहरुमा फुलको व्यापार अत्याधिक हुने गरेको भएपनि यस वर्ष ह्वात्तै घटेको छ ।
अहिले विक्रि भइरहेका फुल अधिकाशं ओइलाइसकेका छन । फुलको माला लगाउनेहरुको चाहना यसपालि मनले चाहेजस्तो नहुने भएको हो । यस पटक भारतबाट फुलहरु नआएकाले पनि गुणस्तरिय फुलको अभाव भएको स्थानिय बताउछन ।
फुलको माला अभाव भएपछि कृतिम फुलको माला किनेर तिहार मान्न बाध्य भएको नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १८ का गिता गाहामगरले गुनासो गरिन । यसपटक फुल पनि धेरै महँगो रहेको स्थानीय हेमन्त शाहीले बताए ।
अहिले एक किलो फुलको मूल्य ४ सय देखि ५ सय सम्म पर्ने गरेको छ ।












