नेपालगन्जको सद्भाव प्रीन्टिङ प्रेसमा आगलागी

नेपालगन्ज : नेपालगन्जको न्युरोडमा रहेको सद्भाव प्रीन्टिङ प्रेसमा आगलागी भएको छ । आइतबार राती करिब ८:१५ बजे देखि सुरुभएको आगलागी १० बजे तिर पुर्ण नियन्त्रणमा आएको छ ।

आगलागीबाट पत्रकार दामोदर भण्डारीको सद्भाव प्रीन्टिङ प्रेसको गोदाम सहित कार्यालय पुर्णरुपमा क्षती पुगेको छ भने सद्भाव ग्रुपकै सद्भाव राष्ट्रिय दैनिक तथा सेतोखरी डटकमको कार्यालयमा समेत पुर्णरुपमा क्षती पुगेको छ ।

नेपालगन्जको बिपि चोकको एक कपासको गोदाम राखिएको स्थानमा करिब उहीँ समयमा आगलागी भएका कारण सद्भाव प्रीन्टिङ प्रेसको आगलागी निभाउन दमकल अभाव भएको थियो ।

कोहलपुर नगरपालिका र गुलरिया नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण र क्षतिको मुल्यांकन हुन बांकी रहेको छ ।

 

प्रतिक्रिया