नेपालगन्ज : बाँकेमा भाइटिकाको दिन २३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुदैछन । ११ महिला १२ पुरुष गरि २३ जना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेमा कोरोना निकोहुने दर ९२ प्रतिशत रहेको कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । बाँकेका मात्रै कोरोना संक्रमण भएर ३६ जनाको मृत्यु भैसकेको छ ।
२४५ जना कोरोना संक्रमित अझै पनि बाँकेका आइसोलेसनमा रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जनाए ।











