मनाइयो भाइटीका

नेपालगन्ज : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरि मनाइएको छ ।

यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने परम्परा रहेको छ ।

कोरोना कहरमै भए पनि नेपालगन्ज तिहारको उत्साहमा थियो भने भैली र देउसी अन्य बर्ष जस्तो नखेलिए पनि टीका लगाई भाइटिका मनाइएको छ । यस बर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको थियो ।

प्रतिक्रिया