नेपालगन्जमा आवश्यकता अनुसार छैन दमकल, उपमहानगरपालिकाको चर्को आलोचना

आगलागी हुँदा कोहलपुर र गुलरियाको कति दिन भर पर्ने ?



समाचार टिप्पणी

रामु ओली  : तिहारको अघिल्लो दिन नेपालगन्ज उपमहानगरपालिकामा एकै समयमा दुई स्थानमा आगलागीको घटना घट्यो । त्यसपछि भने नेपालगन्जमा एकाएक नेपालगन्ज उपमहानगरपालिकाको बिरोध र आलोचना समेत सुरु भएको छ ।

सामाजिक संजालमा नेपालगन्जबासीले उपमहानगरपालिकाले दमकलको उचित प्रबन्ध गर्न नसकेको र बिपत्तिमा कोहलपुर र बर्दिया गुलरियाको भर पर्नु परेको भन्दै आलोचना सुरु भएको छ ।

भाइटिकाको अघिल्ली राती नेपालगन्जको बिपि चोक नजिक रहेको कपासको गोदाम र न्युरोडमा रहेको सद्भाव प्रीन्टिङ प्रेसको गोदाममा लगभग एकै समयमा आगलागी हुँदा नेपालगन्जमा दमकलको अभाव प्रष्ट देखिएको थियो ।
दमकल अभावकै कारण सद्भाव प्रीन्टिङ प्रेसमा लागेको आगो समयमै निभाउन सकिएन जसको कारण करोड बढिको क्षती भएको अनुमान गरिएको छ ।

आगलागी भएको थाहा पाउने बितिकै स्थानिय र प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलि पुगेर बकेटबाट पानि हाल्दै आगो निभाउने कोसिस भए पनि दमकल आउन समय लाग्यो कारण दमकल कोहलपुर र गुलरियाबाट आउनु थियो ।

संयोग नै सहि कोहलपुर र गुलरियामा सोही समयमा कुनै त्यस्ता आगलागीका घाटना भएका थिएनन् र भएनन् । अन्यथा त्यहा बाट दमकल आउन सम्भव थिएन । जसको असर आगोले सम्पुर्ण जन धनको पुर्ण क्षति पछि भगवान भरोसा गर्नु बाहेकको विकल्प रहने थिएन ।

यहि घाटना पछि भने नेपालगन्जबासीले उपमहानगरपालिकाको चर्को आलोचना गरेका छन् । कतिपयले अत्यावश्यक रहेको दमकल थप्नुको साटो उपमहानगरपालिकाले अनावश्यक रहेको आइमास्टमा पैसा खर्छ गरेको भन्दै बिरोध समेत भएको छ ।

सामाजिक संजालमा नेपालगन्जका फैज हैदरले दमकल अभाव भन्दै मेयरसापको चरम लापरबाहीको संज्ञा दिएका छन् , उनले सामाजिक संजालमा लेख्छन् – नेपालगन्जमा दमकलको अभाव, सबै जलेर स्वाह भए पछि आइपुग्छ कोहलपुर र गुलरियाबाट दमकल, मेयर सापको चरम लापरबाही कहिलेसम्म ?

त्यस्तै जसपाका नेता समेत रहेका राजन रानामगरलेनेपालगन्ज उपमहानगरपालिकामा दमकलको कमि रहेको र आवश्यक परेको बेला बाहिरी जिल्लाबाट दमकल बोलाउनु पर्ने बाध्यता रहेको र बाहिरी जिल्लाबाट दमकल आउँदा सम्म क्षती बढी भएको भन्दै उनले उपमहानगरपालिकाले प्राप्त गरेको दमकल र फोहोर फाल्ने ट्रक समेत प्रयोग नगरेको भन्दै रोष्ट प्रकट गरेका छन् ।

उनले अगाडी आफ्नो सामाजिक संजालमा लेखेका छन् –  “नेपालगन्ज उप-महानगरपालीका नजिकै रहेकाे बिपी चाैक नजिककाे पसल आगलागी हुदा खजुरा र काेहलपुरबाट दमकल ल्याउनु पर्ने बध्य्ता तर नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो मातहतमा रहेकाे धमकललाई समयमा परिचालन गर्न नसक्दा पसल पुर्णरूपमा  धव्स्त ।बाँके क्षेत्र न .२ बाट निर्वाचित संसद ,पुर्व शहरिबिकास मन्त्री  माननीय माे.इस्तियाक राई ज्युद्वारा  २०७६/०७७ काे संसदिय काेषबाट नेपालगन्ज उप-महानगरपालिकालाई( १ ) एकवटा दमकल  र तीन वटा फाेहर फाल्ने मिनि ट्रक  दिईएकाे थियाे तर  अहिलेसम्म  किन प्रयोगमा ल्याइएको छैन , तत्काल  जनताकाे  सेवामा सम्पूर्ण सामान प्रयोग गरियोस् नेपालगन्जको स्थानिय सरकार प्रमुखहरूमा जनताकाे सेवा भन्दा पनि राजनिति दम्भ धेरै देखिन्छ  छ काेभिडकाे एक कराेड पचास लाख स्वाह जस्ले गर्दा दैनिक भेन्टिलेटर नपाएर काेराेना बिरामी मरेकाे समाचार बनीरहन्छ  पसल जल्दा कहाँ वास्त गर्छन् ।”

राना मगर जस्तै अन्य सामाजिक संजाल प्रयोगकर्ताले मेयर राणा र नेपालगन्ज उपमहानगरपालिकाको चर्को बिरोध गरेका छन् । सडक लाइट भएको स्थानमा समेत कमिसनको चलखेलका कारण हरेक चोकमा हाइमास्ट लाइट राखेको उपमहानगरपालिकाले उपमहानगरपालिकालाई चाहिने दमकलको ब्यवस्था गर्न सकेको छैन ।

प्रतिक्रिया