पहिले चलचित्रका नायक अहिले ‘कोरोना नायक’

नेपालगन्ज : दिपक ढकाल नेपाली चलचित्रका नायक । एक कुसल मोडलले मात्र उनको परिचय सकिदैन । कलाकारीताको दुनियामा त दिपकले आफ्नो परिचय बनाइसकेका छन । अहिले दिपक एक फिल्मको नायक मात्र नभएर कोरोना भाइरस विरुद्ध निरन्तर आफ्नो भुमिका अव्वल सावित गरेका ‘कोरोना नायक’ पनि हुन ।

जब नेपालमा कोरोना संक्रमणको संख्या देखिन थाल्यो दिपक नेपालगन्ज आए । आएपछि भेरी अस्पतालमा निरन्तर स्वाव संकलन गर्ने काम जुटिहाले । दिपकले कोरोना महामारीमा काम गर्न रुचि आफै देखाएका थिए । उनले अस्पतालमा ‘म कोरोना भाइरसको विरुद्धमा अग्रपन्थिमा रहेर काम गर्न इच्छुक छु’ भनेर अस्पताल व्यवस्थापन समितिलाई बताएका थिए ।

सुव्बा साब, रेनि जस्ता चर्चित चलचित्रहरुमा नायकको भुमिका निर्वाह गरेका दिपकले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । दिपकलाई कोरोना कहरकै विचमा म्युजिक भिडियोमा अभिनय गर्न अवसर आएपनि उनि स्वाव संकलन र ल्यावको काममै खटिएर लागे । अग्रपन्थिमा रहेर हजारौ व्यक्तिहरुको स्वाव संकलन गरेका उनि विचमा आफै पनि कोरोना संक्रमित हुन पुगेका थिए ।

स्वास्थ्य मापदण्ड पालना गर्दे कोरोना भाइरस संग लड्दै विजय हासिल गरेका दिपकले पुनः काममै फर्किएका छन । कोरोना संक्रमित भई जितेर काम गर्न लागेको केहि दिनमा फेरी उनलाई डेङ्गु रोग लाग्यो । केहि दिन भेरी अस्पतालमा भर्ना भएरै उपचार गराएपछि उनलाई निको भएको छ र अहिले केहि दिनको रेष्ट पछि अस्पतालको नियमित काममा फर्किएका छन । दिपकले आफुले पढेको कुरालाई सदुपयोग गरेको बताउछन ।

भेरी अस्पतालमा उनले दिनुपर्ने समय महत्वपुर्णका साथ दिन्छन् । र, बाँकि रहेको समयमा उनले सन्चालन गरेको हाम्रो सर्जिकलमा विताउछन । दिपकले यि कामहरु ग्रिरहदाँ नेपाली चलचित्र अथवा भनौ कलाकारतिालाई भने माया मारेका छैनन् । उनि भन्छन्, यो बेला देशलाई म जस्ता व्यक्तिको निकै खाचो छ, देशको लागी गर्ने यो अवसर गुमाउन नचाहेकाले फुल समय कोरोना नियन्त्रणको अभियानलाई दिएको हुँ ।

उनले कलाकारीता तिर पुन ः छिट्टै फर्कन नसकेपनि केहि रुपमा भने देखा परिरहने बताए । दिपकले नेपालगन्जमै पनि कला क्षेत्रमा केहि राम्रो काम गर्न खोजेको उल्लेख गरे । चलचित्र तथा म्युजिक भिडियोमा संगै काम गरेका साथिहरुले दिनहु कल म्यासेज गरेर बोलाउने गरेका छन ।

तर, दिपकले अझै कोरोना विरुद्धको अभियानमा काम गरेको हेर्ने इच्छा भने त्यो भन्दा पनि दोब्वर बढि छ । त्यसैले पनि छोटो समयमा नेपालगन्जमा आफुलाई चिनाउन सफल छन दिपक ढकाल ।

 

प्रतिक्रिया