नेपालगन्ज : जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् ।
बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।
रैदास सौचालयको भेन्टिलेटरमा पकडिले झुन्डिएको अवस्थामा फेला परेको बाके प्रहरीले जनाएको छ ,भने घटनाको बाके प्रहरी, डक्टर, मानवअधिकारकर्मी लगायतको टोलिले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।
अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।











