गंगा बिश्वकर्मा /नबलपरासी:

नेपाल भ्रमण बर्षलाई सफल बनाउने उद्देश्यले पूर्वी नवलपरासीको कावासोतीमा विहिबारदेखि छैठौं नवलपुर महोत्सब शुरु भएको छ । नेपाल उद्योग वाण्ज्यि महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर अफ कर्मसका उपाध्यक्ष चण्डीराज ढकालले कार्यक्रमको समुद्घाटन गर्नु भएको हो ।
कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार भन्ने नाराको साथ नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यो महोत्सब सफल हुने नवलपुर उद्योग बाणिज्य संघ का अध्यक्ष डाँसुराज पोखरेलले बताउनुभयो ।
स्थानीय तथा राष्ट्रियरुपमा उत्पादन भएका वस्तुहरुको कलात्मक प्रदर्शन गरि आयआर्जनमा जोड दिन, नवलपुरका विभिन्न क्षेत्र उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि प्रर्बद्धन गर्न , नवलपुरको मौलिक लोक संस्कृति भेषभुषाको प्रचारप्रसार तथा प्रर्बद्धन गर्न, नवलपुर क्षेत्रमा लगानी भित्रयाउने लगाएतका उद्देश्यहरुका साथ महोत्सवको आयोजना गरिएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष पोखरेलले बताउनुभयो ।
माघ १९ गते सम्म संचालित महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारी र समूहलाई सम्मान , खाना महोत्सव , नवलपुर डान्स आईडियल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम , बाल उद्यान लगाएतका कार्यक्रम रहने बताइएको छ ।
आयोजकले महोत्सवबाट एक करोड १० लाख रुपैंया आम्दानी गर्ने अपेक्षा गरेको छ भने करीव ९५ लाख ५० हजार रुपैंया खर्च हुने अनुमान समेत गरेको छ । महोत्सबमा पाँच करोडको कारोबार हुने आयोजकले जनाएका छन् ।









