खजुरामा गाईको निःशुल्क बिमा, किसानहरु खुसि

खजुरा : बाँकेको खजुरामा पालिएका गाईको विमा गरिएको छ । खजुरा गाउँपालिकामा रहेको जनता दुग्ध उत्पादक सहकारी सस्था संग समन्वय गरि गाउँपालिकाले गाई पाल्ने कृषकहरुको लागी विमा गरिदिएको हो ।

पालिकाले घर दैलोमा बिमा कम्पनीका प्रतिनिधि सहितको टोलि खटाएर सम्पुर्ण गाई को निःशुल्क बिमा गरिदिएको हो । कृषकको गोठ सम्म स्वयम् गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति पुगेरै पशुको निरिक्षण गरि विमा कार्यक्रमको सुरुवात गरेका थिए ।

आगामी दिनमा पनि गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउन सदैब गाउँपालिका सकारात्मक भई सहयोग सहकार्य गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष कक्षपतिले बताए । उनले किसानको उत्पादन र उत्पादित बस्तुको बजारिकरण र उत्पादित बस्तुको लागत कम गरि के कसरी कृषकलाई राहत हुन्छ भनेर पालिका गम्भिर रहेको बताए ।

किसानको हितको लागि खजुरामै रहेको जनता दुग्ध उत्पादन सहकारीले उत्कृष्ट काम गरेर देखाएकोले सस्थालाई सदैब पालिकाले सहयोग गर्ने समेत उल्लेख गरेका थिए ।

जनता दुग्ध सहकारीका व्यवस्थापक गौरब सापकोटाले खजुरा क्षेत्रमा रहेका ६ सय बढी गाईको बिमा गर्ने लक्ष्य रहेको बताए ।

 

प्रतिक्रिया